जहाज चार्टर गरी ओखरका बिरुवा डोल्पा ल्याइयो

जहाज चार्टर गरी ओखरका बिरुवा डोल्पा ल्याइयो

डोल्पा : जहजा चार्टर गरेर ओखरका बिरुवा डोल्पा ल्याइएको छ । तारा एयरको जहाजबाट १५ हजार ओखरका बिरुवा डोल्पा ल्याइएको हो ।  दाजुभाइ जडीबुटि तथा फलफूल नर्सरी प्रालि जुम्लाले टर्किबाट च्याङलर जातको ओखर खरिद गरेर डोल्पा ल्याएको कृषि विकास कार्यालयका प्रमुख भीमबहादुर धरालाले जानकारी दिए । 

धरालाका अनुसार डोल्पाको जगदुल्ला गाउँपालिका,मुड्केचुला गाउँपालिका,त्रिपूरा सुन्दरी नगरपालिका,ठुलीभेरी नगरपालिका र काईके गाउँपालिकामा यो च्याङलर जातको ओखरका बिरुवा उपभोक्ता समूहमार्फत लगाइने बताए । 

किसान समूहले प्रति बिरुवा ७५० का दरले उक्त नर्सरीबाट किन्ने सक्नेछन्। फागुनमा ल्याएर लगाउनुपर्ने भएपनि टर्कीबाट डोल्पासम्म ल्याउन निकै धेरै समय लागेका हो।उक्त बिरुवा चिस्यान बनाएर राखेको बागबाणि विकास छैटौं अधिकृत सरद लामाले जानकारी दिए ।

अधिकृत लामाका अनुसार नेपालगञ्जमा बिरुवाको सबै अवस्था हेरेर मात्रै ढुवानी गरेकाले बिरुवा ढिलै भएपनि सफल रुपमा फल दिने बताए । उनले भने,' कर्णालीको जुम्ला,हुम्ला,मुगू र डोल्पाका गरी ४० हजार टर्कीबाट च्याङलर जातको ओखर ल्याएको जानकारी दिए । 

प्रधानमन्त्री आधुकिकरण कृषि परियोजनाको ब्लक फलफूल पकेट क्षेत्र कार्याक्रम र कर्णाली प्रदेश भूमि तथा कृषि सहकारी मन्त्रालयको कार्यक्रमको रकमबाट यी ओखरका बिरुवा खरिद गरेर ल्याइएको जिल्ला कृषि विकास कार्यालय डोल्पाले जानकारी दिएको छ । 

निकै ढिला खरिद गरेर ल्याएका ओखरका बिरुवा भने सफल हुने या नहुनेमा कृषक अनविज्ञ छन्। ठूलो लगानीमा ल्याइएका ओखरका बिरुवा पहिलो पटक डोल्पामा परीक्षण गरिँदै छ । 
 
बरफ राखेर चिस्यान पारेर ल्याएको भनेपनि डोल्पाको बिमानस्थलमा भने सुख्खा बिरुवा झारेको कृषकको गुनासो छ । टर्किबाट ल्याएको च्याङलर जातको ओखरले एकै वर्षमा फल दिने कृषि विकास कार्यालय प्रमुख भिमबहादुर धरालाले जानकारी दिए । 

लकडाउनको कारण महिना दिनदेखि नेपालगञ्जमा थन्किएको र गर्मीले खेर जाने भएपछि जहाज चार्टर गरी बिरुवा डोल्पा ल्याएको प्रमुख जिल्ला अधिकारी सुरेस सुनारले जानकारी दिए ।  करिब दुई महिना ढिला गरी ल्याइएका बिरुवा भोली नै जिल्लाका सबै ओखर पकेट क्षेत्रमा रोपी हाल्ने कार्यालयले जनाएको छ । 

 तारा एयरको जहाज चार्टर गरी टर्किको च्याङलर जातको ओखरका बिरुवा । तस्बिर : टेकबहादुर शाही  


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.