वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइए

वन अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाइए

धनगढी : कैलालीको अत्तरिया क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी बनाइएका संरचना हटाएको छ । सामुदायिक वनका उपभोक्ता र सब-डिभिजन वन कार्यालय अत्तरियाले अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाएको हो ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमण रोक्न सरकारले जारी गरेको लकडाउनमा अत्तरिया क्षेत्रमा वन अतिक्रमणले तीव्र भएपछि संरचना हटाएको हो ।

अतिक्रमणको चपेटामा परेका गोदावरी नगरपालिका-२ मा रहेको दुर्गालक्ष्मी सामुदायिक वन, वडा नम्बर १ मा रहेको चाहाना सामुदायिक वन र गोदावरीधाम आसपास राजमार्गका विभिन्न स्थानमा संरचनाहरु निर्माण गरेका थिए ।

अत्तरियामा रहेको दुर्गालक्ष्मी सामुदायिक वनको सुप समावेसी आधारभुत विद्यालय नजिकै रहेको करिब ५ कठ्ठा क्षेत्रफलमा निर्माण भएका संरचना हटाएको हो । 'लकडाउनको फाइदा उठाउँदै विभिन्न व्यक्ति वन अतिक्रमण गर्न थालेपछि बनेका संरचना हटाएको हो,' दुर्गालक्ष्मी सामुदायिक वनकी अध्यक्ष दुर्गा कडायतले भनिन् । 'संस्थागत रुपमा राखिएका बोर्डहरु समेत हटाउने अभियान सुरु भएको छ ।'

यसैगरी गोदावरी नगरपालिका- ४ बासकोटा जाने बाटोको पुल नजिकै पनि वन क्षेत्र अतिक्रमण भएको र उक्त क्षेत्रसमेत खाली गरिने उनले बताइन् । गोदावरी नगरपालिका-१ धनगढी रोडमा रहेको चाहना सामुदायिक वन पनि अतिक्रमणको चपेटामा परेको छ । नगरपालिकाको कार्यालय अगाडि रहेको वनक्षेत्र अतिक्रमणको चपेटामा परेको हो । उक्त क्षेत्रमा घरटहरा बनाउने प्रयास गरिएको छ । कैलालीमा सबैभन्दा बढी अत्तरिया क्षेत्र आसपासमा वन अतिक्रमण भइरहेको छ । 

डिभिजन वन कार्यालय कैलालीका प्रमुख वन अधिकृत रामचन्द्र कँडेलले वन अतिक्रमण क्षेत्र हटाउने विषयमा कडाइका साथ अगाडि बढेको जानकारी दिए ।  'संस्थागत र नीजि प्रयोजनमा अतिक्रमण क्षेत्रलाई खाली गर्ने अभियान सञ्चालन गरेका छौँ, 'उनले भने । 

अत्तरिया क्षेत्रमा सामुदायिक वनमा अतिक्रमण भएको खवर आएपछि खाली गर्न सुरु गरेको कँडेलको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.