ब्राउनसुगरसहित ४ जना पक्राउ

ब्राउनसुगरसहित ४ जना पक्राउ

गुलरिया : जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि प्रहरीले लागुऔषध ब्राउनसुगर बोकेको आरोपमा ४ जनालाई नियन्त्रणमा लिएको छ । जिल्लास्थित प्रहरीको गस्ती टोलीले गोप्य सूचनाको आधारमा पछ्याउँदै जाँदा बा १२ च ६२९९ नम्बरको गाडीमा सवार उनीहरुलाई ४६ ग्राम ४३० मिलिग्राम लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरिएको हो ।

    
प्रहरीले कैलाली जिल्ला टिकापुर नगरपालिका वार्ड नम्वर १ का २८ वर्षीय राजन रावल, वार्ड नम्वर ९ का ३३ वर्षीय रमेश न्यौपाने, कैलाली लम्कीचुहा नगरपालिका वडा नम्वर ५ निवासी २९ वर्षीय रोशन कडायत र दैलेख जिल्ला दुल्लु नगरपालिका वार्ड नम्वर ७ निवासी २७ वर्षीय आकास शाहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरिक्षक योगेन्द्रकुमार खड्काले जानकारी दिए ।
    
जिल्ला प्रहरी कार्यालय बर्दियाको मुलगेट अगाडि गाडी खानतलासीका क्रममा गाडीको स्टेरिङभित्र कालो प्लाष्टिकमा पोकोपारी राखेको अवस्थामा लागुऔषद बरामद गरिएको जनाइएको छ । बरामद ब्राउनसुगर, गाडी र निजहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय बर्दियाको हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको खड्काले बताए । पक्राउ परेका चारै जना उपर लागुऔषध कारोबार तथा ओसार पसार सम्बन्धी मुद्धामा अनुसन्धान भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.