महाकाली पारि अलपत्र ५ सय ६ नेपाली बझाङ भित्रिए

महाकाली पारि अलपत्र  ५ सय ६ नेपाली बझाङ भित्रिए

बझाङ : नेपाल र भारत दुवै देशमा लकडाउन भएपछि बैतडीको झुलाघाट र दार्चुलाको महाकाली पारि रोकिएका नेपालीलाई बिहीबार नेपाल प्रवेश गराएपछि सम्बन्धित स्थानीय तहका प्रमुखले बुझेर ल्याएका छन् । महाकाली पारिका नेपाली वारि आएपछि स्थानीय तहले रिर्जभ गरेर बझाङ ल्याइएको हो ।  

बझाङको बुंगल नगरपालिका , वित्थडचिर गाउँपालिका,सुर्मा गाउँपालिका केदारस्यूँ गाउँपालिकामा रहेका स्थानीयलाई उद्धार गरि ल्याइएको हो । बुंगल नगरपालिका, बित्थड चिर गाउँपालिका , केदारस्यूँ गाउँपालिकाका प्रमुखहरु एक सातादेखि दार्चुला र बैतडीमा कुरेर बसेका थिए । स्थानीय तहका  प्रमुखले बैतडीको झुलाघाँट नाका र दार्चुलाबाट बसको व्यवस्था मिलाइ आफ्ना स्थानीय तहका स्थानीयलाई शुक्रबार गाउँ लिएर आएका हुन् ।

महाकाली पारि भारतको क्वारेन्टाइनमा रहेका नेपाली केन्द्र सरकारको पहलमा नेपाल छोड्ने जानकारी पाएपछि बैतडीको सिमानामा आएका थिए। बुंगल नगरपालिकाका प्रमुख धनबहादुर बिष्टले नगरपालिकाको लागानीमा ५ वटा बस रिजर्भ गरी स्थानीय तहले  स्थानीयलाई ल्याएको बताए।

त्यस्तै जिल्लाको बित्थड चिर गाउँपालिकाका १०० जना, बुंगल नगरपालिकाका ३ सय ७४ जना, केदास्यू गाउँपालिकाका २१ जना, सुर्मा गाउँपालिकाका ६ जना गरी ५ सय ६ जनालाई उद्धार गरी ल्याइएको हो ।जिल्ला ल्याइएका सबैजनालाई स्वास्थ्य परीक्षण गरी १४ दिन क्वारेन्टाइनमा राखिने बताइएको छ ।  यस अगाडि ६२ जना क्वारेन्टाइनमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.