ग्यास लिक हुँदा घरमा आगालागी

ग्यास लिक हुँदा घरमा आगालागी

डोल्पा : डोल्पामा ग्यास लिक भएर आगलागी हुँदा एक घर पूर्ण रुपमा जलेको छ । जगदुल्ला गाँउपालिका ६ को झयाँकोटमा ग्यास लिक भएर दिउँसो ३ बजे आगालगी भएको हो ।  

जगदुल्ला गाँउपालिका-६ का मनलाल ऐडिको घरमा प्रयोगमा राखिएको ग्यास लिक भइ आगलागी भएको र निभाउने क्रममा ग्यासको सिलिण्डर पड्केर पूरै घर जलेर खरानी भएको खगेन्द्र ऐडिले जानकारी दिए । 

'तिनतलाको घर पूर्णरुपमा जलेर खरानी भएको छ । घरमा भएको अन्न, खाद्यान्न, लत्ताकपडा र अन्य धनमाल पूरै नष्ट भएका छन् भने मानवीय क्षति भने हुन पाएन',  गाँउपालिकाका अध्यक्ष नारासिँह रोकायाले बताए । 

आगलागी भएको थाहा पाउनेबित्तिकै स्थानीय, प्रहरी, जनप्रतिनिधिहरुले आगो नियन्त्रणमा लिएको प्रशासकीय अधिकृत केशबराज जैसिले बताइ । घर जले पनि गाँउमा आगो फैलनाबाट जोगिएको उनले जानकारी दिए । 

करिव ३० लाखभन्दा धेरैको क्षति  भएको उनले बताए । अहिले गाँउपालिकाले पाल दिएर पीडितलाई सहयोग गरेको उनको भनाइ छ । पीडीत परिवारलाई तत्तकाल बस्नको लागि ब्यवस्था गरिदिने बताउँदै अरु नागरिकलाई पनि सुरक्षित रहन गाँउपालिका अध्यक्ष नारासिँह रोकायाले आग्रह गरेका छन् ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.