रसुवामा करेन्ट लागेर एक जनाको मृत्यु
नुवाकोट : रसुवाको भोर्लेमा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । नौकुण्ड गाउँपालिका-५ भोर्ले घर भएका २६ वर्षिय वुद्धिबहादुर तामाङको आइतबार राति आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरीक्षक इन्द्र सुवेदीले जानकारी दिए ।
राती सांढे ११ बजे समयमा आफ्नै घरको विजुलीको चिम फेर्न लागेका बेला करेन्ट लागेर उनको मृत्यु भएको उनले बताए। करेन्ट लागेका वुद्धिबहादुरलाई उपचारका लागि नुवाकोट जिल्ला अस्पताल त्रिशूली पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।