च्याउ खाँदा तीन घरका १० विरामी
खाँदबारी : संखुवासभाको सभापोखरी गाउँपालिका विशाक्त च्याउ खाँदा तीन घरका १० जना विरामी भएका छन्। विशाक्त जंगली च्याउँ खाँदा विरामी भएका सभापोखरी_२ गोठगाउँका १० जनाको जिल्ला अस्पताल खाँदबारीमा उपचार भइरहेको प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरिक्षक सन्तोषकुमार राईले बताए।
विरामी पर्नेहरु २७ वर्षीय सन्देश राई, निजको श्रीमती २४ वर्षीय मनिला राई, छोरी ३ वर्षीय सुपी राई, छिमेकी २४ वर्षीय अनिता राई, २१ वर्षीय दिनेश राई र निजको ३ वर्षीय छोरी आकांक्षा राई रहेका छन्। अर्का छिमेकी कल्पना रिजाल उनका छोरीहरु ६ वर्षीय फुलकुमारी, ११ वर्षीय सुस्मिता र १३ वर्षीय बालकुमारी समेत बिरामी परेका हुन्।
सन्देश र मनिलाले शनिबार जंगलमा गएर च्याउ ल्याएको छिमेकी अनिता र कल्पनालाई समेत दिएका थिए। सन्देश र अनिताको परिवार शनिबार रातीबाट विरामी भएका थिए भने सोही च्याउ खाएका रिजालको परिवार भने आइतबार रातीदेखि विरामी भएका थिए। च्याउ खाएर विरामी भएकाहरुलाई फुडपैजन भएको र उनीहरु अवस्था सुधार हुँदै आएको जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन डा. श्यामसुन्दर झाले बताए। वर्षासँगै जंगलमा विभिन्न प्रकारका च्याउहरु उम्रन सुरु गरेको छ। विशाक्त च्याउले मानिसको ज्यानसमेत जानसक्ने भएकाले त्यस्ता च्याउहरु नखान समेत डा.झाले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !