लकडाउनमै आकाशियो उपभोग्य वस्तुको मूल्य

लकडाउनमै आकाशियो उपभोग्य वस्तुको मूल्य

धनगढी : लकडाउनको फाइदा उठाउँदै दैनिक उपभोग्य वस्तुको मुल्यमा वृद्धि भएको गुनासो आउन थालेको छ । सम्बन्धित निकायले यसलाई गम्भीरताका साथ नलाग्दा उपभोक्ता मारमा परेका छन् ।

सुदूरपश्चिम प्रदेश सरकारको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको कालोबजारी तथा महंगी नियन्त्रणका साथै आपूर्ति व्यवस्थापन लगायतको जिम्मेवारी रहेपनि वेवास्ता गरेको देखिएको छ । प्रदेश सरकारले बजार अनुगमनका लागि निर्देशिका र संरचना तयार गरेको छ, तर बजार अनुगमन भने प्रभावकारी हुनसकेको छैन ।

कतिपय व्यापारीले टेलिफोन रिचार्जमा समेत बढी मुल्य लिने गरेको जनगुनासो छ । प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले तीन महिनाअघि तयार गरेको प्रदेशस्तरिय संयुक्त बजार अनुगमन निर्देशिका अनुसार उद्योग बाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयका निर्देशकको संयोजकत्वमा अनुगमन समिति गठन गरिएको छ । 

जिल्लामा घरेलु तथा साना उद्योग कार्यालय प्रमुखको संयोजकत्वमा समिति गठन हुने व्यवस्था गरिएको छ ।
निर्देशनालयका निर्देशिक विनोद मालीले लकडाउनका कारण बजार अनुगमन गर्न नसकिएको बताए । 'निर्देशिका र संरचना तयार गरी मन्त्रालयमा दुई पटक बैठक बसेको छ भने निर्देशनालयमा समेत एक पटक बैठक भइसकेको छ । तर, बजार अनुगमन भने गर्न सकिएको छैन ।

उनले कतैबाट उजुरी आए तत्काल बजार अनुगमन गरिने बताए । निर्देशकमा प्रदेश सरकारले बजार अनुगमन गर्ने अधिकार पाए पनि दण्ड जरिवाना गर्ने अधिकार भने नभएको उनले जानकारी दिए ।

उपभोक्ता हकहित संरक्षण समितिका कैलाली अध्यक्ष हरि रेग्मीले बजारमा हुने कालोबजारी तथा महंगी नियन्त्रणमा प्रदेश सरकारको खासै भूमिका नदेखिएको बताए । 'प्रदेश सरकारसँग बजार अनुगमन गर्ने, कालोबजारी तथा महँगी नियन्त्रण गर्ने र अत्यावश्यक वस्तुको अभाव हुन नदिने लगायतको जिम्मेवारी छ,' अध्यक्ष रेग्मीले भने । तर, प्रदेश सरकारले जिम्मेवारी अनुसारको काम गर्न सकेको छैन ।

संघीय सरकार मातहतको बाणिज्य, आपूर्ति तथा उपभोक्ता कार्यालय पनि धनगढी उपमहानगरपालिका बाहेक अन्य स्थानीय तहमा बजार अनुगमन गर्न सकेको छैन ।  कैलालीमा तरकारी र फलफूलका साथै चामल, तेल, चिनी, नुनलगायतका दैनिक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको व्यापारी सह रनिङले बताए । 

पहिलेको भन्दा ढुवानीमा बढी मुल्य तिर्नु परेपछि सामानको मुल्य बढेको उनले बताए।कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन गरेयता संयुक्त बजार अनुगमन समितिले कैलालीका ५ जना व्यवसायीलाई जरिवाना सहित कारबाही गरेको हो ।

बाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयका प्रमुख कमल बहादुर पुनमगरले लकडाउनका बेला कालोबजारी गर्ने पाँच जना व्यवसायीलाई पाच लाख ६० हजार रुपैयाँ जरिवाना गरिएको बताए । धनगढीको द ग्लोबल सर्जिकल हाउसलाई पीपीई र मास्कमा कालोबजारीको गरेको पाइएकोले दुई लाख रुपैयाँ जरिवाना गरिएको छ ।

त्यस्तै, शुभारम्भ फार्मेसी, शैलैश्वरी आयुर्वेदिक हल र आरबी पूजा स्टोरलाई मास्कमा कालोबजारी गरेकोले जनही २० हजार रुपैया जरिवाना गरिएको कार्यालयले जनाएको छ । बजार अनुगमन टोलीले अनुगमनका क्रममा पीपीईमा ४४ प्रतिशत र मास्कमा ६० प्रतिशत बढि मूल्य वृद्धी गरेको भेटिएकाले तत्काल जरिवाना गरिएको जनाएको छ ।

त्यस्तै, धनगढी उपमहानगरपालिका वडा नम्बर ६ मटियारीस्थित शुभ समैजी ग्यास सप्लायर्सले लकडाउनका बेला बढी मुल्यमा ग्यास बिक्री गरेको पाइएकोले तीन लाख रुपैयाँ जरिवाना गरिएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.