हातहतियार मुद्दामा फरार वडा अध्यक्षले गरे आत्मसर्मपण

हातहतियार मुद्दामा फरार वडा अध्यक्षले गरे आत्मसर्मपण

बेनी : हात हतियार तथा खरखजना मुद्दामा फरार रहेका म्याग्दीको रघुगंगा गाउँपालिका-६ पाखापानीका वडा अध्यक्ष मनकुमार शेरपुजाले प्रहरी समक्ष आत्मसर्मपण गरेका छन्। २०७६ चैत ३० गते प्रहरीले शेरपुजाको कोटगाउ स्थित घर खानतलासी गर्दा एक राउण्ड गोली बरामद भएपछि उनी फरार थिए। अनुसन्धानमा सहयोग र कानुनी रुपले मुद्दाको प्रतिवाद्ध गर्न शेरपुजा आफै आइतबार प्रहरीकहाँ आएका डिएसपी किरनजंग कुँवरले बताए। 

उनका अनुसार प्रशासनबाट निजी हतियार राख्ने अनुमति नलिएका शेरपुजाको घरबाट बरामद भएको गोली प्रयोगशालामा परिक्षण गर्दा बार बोरको भएको पुष्टि भएको छ। ‘उहाँ आफै अनुसन्धानमा सघाउने हिसाबले आउनुभएको हो,’ डिएसपी कुवरले भने ‘अनुसन्धान जारी छ।’

चैत २९ गते बिहान 'नेकपा गापा अध्यक्ष दिपक कार्की बिखर्ची मित्रले झै सामाजिक सञ्जालमा आगो बाल्नु छ। कसैले हिम्मत बोकी निभाउछु भनेर आउँछ भने एउटा मात्र बुलेट छ त्यही उपहार दिएर पठाउछु' भनेर फेसबुकमा स्टाटस राखेका शेरपुजाले केही समयमा हटाएका थिए। 

शेरपुजा वि.स २०७४ बैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट उमेद्वार भएर वडा अध्यक्षमा निर्वाचित भएका थिए। काँग्रेसका नेताहरु सहित उनि प्रहरी कार्यालयमा आएका थिए।  
  
स्थानीय चुनाव अघि नेपाली काँग्रेसमा प्रवेश गरेका शेरपुजा काँग्रेसको रघुगंगा पालिका कार्यसमितिको सचिव हुन्। वि.स. २०७० को दोस्रो संबिधानसभा निर्वाचनमा उनि मोहन बैद्य नेतृत्वको नेकपा माओवादी क्रान्तिकारीमा आवद्ध थिए। 

अबैध हात हतियार वा गोलीगठ्ठा राखेकाले शेरपुजा विरुद्ध अदालतमा हात हतियार तथा खरखजना सम्बन्धी मुद्दा चलाउने प्रहरीले जनाएको छ। फौजदारी अभियोग लागेपछि उनको पद निलम्बन हुने कानुनी व्यवस्था छ। अदालतले उनलाई दोषी ठहर र पुनरावेदनमा पनि असफल भएमा वडा अध्यक्ष पद गुम्नेछ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.