ट्रक दुर्घटनामा २ जना घाइते

ट्रक दुर्घटनामा २ जना घाइते

चरिकोट : मंगलबार बिहान करिब १० बजे भीमेश्वर नगरपालिका ६, सिम्पानीमा मिनि ट्रक दुर्घटना दुईजना घाइते भएका छन् ।
सदरमुकाम चरिकोटबाट कालिञ्चोकमा दाउरा लिन गएको बा३ख २३४३ नम्बरको मिनिट्रक दुर्घटना हुँदा विगु गाउँपालिका ७, विगुका १७ वर्षीय सुब्बा मगर र सोही स्थानका ३९ वर्षीय चालक निमा तामाङ घाइते भएको दोलखा प्रहरीले जनाएको छ ।

दुर्घटनामा १७ वर्षीय मगर गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । घाइते दुबैलाई चरिकोट प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको दोलखाका प्रहरी प्रवक्ता निरीक्षक रेशम बोहराले जानकारी दिए । 

ट्रक सडकबाट करिब २० मिटर तल गुल्टेका थियो । दुर्घटना भएको ट्रकको ठक्करबाट एनसेट दोलखाको तालिमकेन्द्रमा क्षति पुगेको प्रहरीले जनाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.