राहतको विषयलाई लिएर गाउँपालिकाका अध्यक्षमाथि हातपात

राहतको विषयलाई लिएर गाउँपालिकाका अध्यक्षमाथि हातपात

डडेल्धुरा : राहतको विषयलाई लिएर डडेल्धुरा गन्यापधुरा गाउँपालिका अध्यक्ष नवलबहादुर मल्लमाथि हातपात भएको छ । गाउँपालिकाको विविध विषयमा वडा अध्यक्षसँग छलफलका क्रममा समूहमा आएका चक्चुधारी युवाले आक्रमणको प्रयास गरेको अध्यक्ष मल्लले जानकारी दिए ।

डडेल्धुराको गन्यापधुरा गाउँपालिकाका अध्यक्ष नवलबहादुर मल्ललाई हातपात गर्नुका साथै उनको बस्ने निवासमा समेत तोडफोडा गरिएको वार्ड नं २१ का अध्यक्ष चेतराम भट्टले बताए ।

मंगलबार राती अध्यक्ष मल्लको निवासमा तोडफोड भएको हो । राती ८ बजे चारजनाको समूहले गाउँपालिका अध्यक्षको निवासमा तोडफोड गरेका हुन् । कोरोना भाइरसका कारण भएको लकडाउनमा वितरण गरेको राहतमा असुन्तुष्टि जनाउँदै ती युवाले गालिगलौज गरी निवास समेत तोडफोड गरेको गाउँपालिका अध्यक्षको भनाई छ।

स्थानीय ४ जनाले मदिरा सेवन गरेर आफ्नो निवासमा तोडफोड गरेका अध्यक्ष मल्लले जानकारी दिए । राहतको विषयलाई लिएर विवाद गरेको र भोलि आउनु छलफल गरौला भनेर पठाउँदा बाहिर गएर तोडफोड गरेको उनको भनाइ छ ।

तोडफोडमा संलग्न भएको भन्दै प्रहरीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा गन्यापधुरा कै स्थानीय चन्द्रे कार्की, डम्बर कार्की र टेकबहादुर रावल रहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए ।

गाउँपालिकाका अध्यक्षमाथि दुव्र्यवहार भएको खबरपछि प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको छ ।उनीहरूको साथबाट २ थान चक्कुसमेत बरामद गरिएको छ । अध्यक्ष मल्लसँग कुरा गर्न गाउँपालिकासम्म गएको तर हातपात नगरेको युवाहरूको दावी छ ।घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.