लकडाउनमा ७ लाख मूल्यको मदिरा बरामद्

लकडाउनमा ७ लाख मूल्यको मदिरा बरामद्

धनगढी : कैलालीमा लकडाउनको अवधिमा ठूलो परिमाणको मदिरा बरामद् गरेको छ ।लकडाउनमा प्रहरीले ७ लाख मूल्य बराबरको मदिरा बरामद गरेको हो ।  जिल्लाका विभिन्न स्थानबाट ६ लाख ८८ हजार चार सय ७६ मूल्य बराबरको मदिरा बरामद् गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

लकडाउनमा जिल्लाको विभिन्न स्थानमा ओसारपसार गरिरहेको एवंम् वेवारिसे अवस्थामा छाडिएको समेत गरी उक्त परिमाणको मदिरा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए ।

जिल्लाको पर्वी क्षेत्र टीकापुर नगरपालिका र जानकी गाउँपालिकाका विभिन्न वडाबाट एक हजार दुई सय ६२ बोतल र ६ हजार आठ सय लिटर घरेलु मदिरा बरामद गरेको हो । बरामद गरिएको अवैध घरेलु मदिरा जनप्रतिनिधिलगायतको रहोबरमा नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.