अन्तरिक्षमा फिल्म सूटिङको तयारी गर्दै अभिनेता टम
वासिंटन : हलिउड अभिनेता टम क्रुज फिल्म निर्माणका लागि भन्दै अन्तरिक्षमा उड्ने तयारी गरिरहेका छन् । नासाका अनुसार यसको तयारी भइरहेको छ ।
नासाका प्रमुखले यही मंगलबार यसबारे जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनबारे उनको फिल्म बन्ने बताइएको छ । यसका लागि अन्तरिक्ष एजेन्सी क्रुजसँग मिलेर काम गरिरहेको बताइएको छ ।
नासाका प्रवक्ताले जनाए अनुसार क्रुज अन्तरिक्षमा जानेछन् र बस्नेछन् । साथै अत्याधिक महंगा प्रयोगशालाहरु यसमा खटाइनेछ । ती प्रयोगशाला पनि पृथ्वीको परिक्रमा गराइनेछ ।अन्तरिक्षयात्रीको टोलीले यसका लागि २००० देखि काम गरिरहको छ । तर केही उच्च भुक्तानी लिने पर्यटकहरुलाई केही वर्षयता रोकिएको छ ।
‘स्पेश स्टेशन’मा केही फिल्म केही फिल्म यसअघि नै छायांकन भएका छन् । २००२ मा ‘आईम्याक्स डकुमेन्ट्री’ पनि तिनैमध्ये एक थियो । जसको न्यारेशन क्रुजले नै गरेका थिए । २०१२ मा बनेको ‘अपोलोजी अफ फियर’ नामको साइन्स फिक्सन फिल्म पनि त्यस्तैमध्येको अर्को हो । क्रुज भने अन्तरिक्षमा अभिनय गर्ने पहिलो अभिनेता हुनेछन् ।
नासाका अनुसार बाह्य अन्तरिक्षमा छायांकन गरिने यो पहिलो ‘न्यारेटिभ फिचर फिल्म’ बन्नेछ । तर क्रुज कहिले अन्तरिक्षको उडान गर्नेछन् र को को उनको अन्तरिक्षयात्रामा थपिनेछन् भन्ने यकिन भइसकेको छैन ।
तर अन्तरिक्षयानको यस्तो क्षमता विकासका लागि बोइंगले अमेरिकामा वर्षौँदेखि काम गरिरहेको पनि बताइएको छ । स्पेस एक्सले भने ‘थर्ड पार्टी कम्पनी’सँग काम गरिरहेको यसअघि नै जनाएको थियो ।
साथै नासाले स्पेस एक्स वा बोइंगको खर्च व्यहोर्ने छैन । यस प्रोजेक्टको क्रममा दैनिक २२ हजार ५ सय अमेरिकी डलर खर्च हुने पनि बताइएको छ । अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन दर्जनौँ देशहरुबीच साझेदारीको रुपमा निर्माण गरिएको थियो । तर अमेरिका र रुस यसका प्राथमिक संचालक हुन् । यसका लागि अमेरिकी स्वामित्वमा परीक्षण प्रयोगशाला समेत सञ्चालित छ । जहाँ अन्तरिक्षयात्रीहरुले वैज्ञानिक र व्यवसायीक अनुसन्धान गर्छन् ।