बुद्ध जयन्तीमा सुनसान लुम्बिनी (फोटोफिचर )

बुद्ध जयन्तीमा सुनसान लुम्बिनी (फोटोफिचर )

बुटवल :  आज २५६४ औं बुद्ध जयन्ती । लुम्बिनीमा सामान्य औपचारितामा बुद्ध जयन्ती मनाइँदै छ । यहाँ सुनसान रुपमा बुद्ध जयन्ती पहिलो पटक मनाइएको हो ।  बुद्धजयन्ती मनाउन लागेको कैयौ वर्ष भयो । अहिलेको बुद्ध जयन्ती जस्तो सुनसान लुम्बिनी कहिल्यै रहेन । लुम्बिनीबासीले यस्तो अवस्था कहिल्यै नआओस् भन्दै प्रार्थना समेत गरेका छन् । बुद्धजयन्तीको पूजापाठ समेत महामारी अन्त्यको कामना सहित गरिएको छ ।

गत वर्षको बुद्ध जयन्तीमा लुम्बिनीमा १० हजार बढी श्रद्धालु सहभागी थिए । लुम्बिनी विकास कोषले तीन दिने कार्यक्रम आयोजना गरेर बुद्धजयन्ती मानाउने गर्दथ्यो ।

बुद्ध जयन्तीकै लागि सयौं भिक्षु भिक्षुणी तेस्रो मुलुकबाट लुम्बिनी आउँथे । कोरोना महामारीका कारण अहिले भने लुम्बिनी सुनसान छ । लुम्बिनीकै विहारमा रहेका केही भिक्षु बाहेक बौद्धस्थलमा कुनै व्यक्ति छैनन् । न त बुद्धजयन्तीका लागि गरिने सिगारपटार नै छ । 

विकास कोषले करोडको लगानीमा सजाउने लुम्बिनीमा अहिले कृतिम वस्तु राखिएको छैन । प्रकृतिले हरियाली बनाएको छ । सारसलगायतका चराचुरुङगी, बादर, निलगाईसहितका जनावरहरु मात्रै लुम्बिनीमा भेटिन्छन् ।

आज बुद्ध जयन्तीको दिन लुम्बिनीमा कोरोना महामारीको सन्त्रास र विश्वशान्तिको कामनासहित शान्ति पूजा गरिएको छ । बिहान मायादेवी मन्दिरमा भएको उक्त पूजामा लुम्बिनी भित्रै रहेका भिक्षुहरु सहभागी भए ।  विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तेयले प्रधानमन्त्री केपी शर्मा ओलीको शुभकामना सन्देश वाचन गरे ।

साँझ मायादेवी परिवरमा दीप प्रज्वलन हुनेछ । २५ सय ६४ वटा दीप प्रज्वलनसहित बुद्धजयन्तीको समापन हुनेछ । यी कार्यक्रमा पनि विकास कोषका केही कर्मचारी र लुम्बिनी भित्र रहेका भिक्षुहरु सहभागी भएका छन् ।

विगतका वर्षमा बुद्ध जयन्तीमा राष्ट्रपति र प्रधानमन्त्री सहभागी हुने कार्यक्रम हुन्थे । बौद्ध स्तुती, पुरस्कार वितरणका कार्यक्रम समेत रोकिएका छन् । यो वर्ष अन्र्तराष्ट्रिय बौद्ध सम्मेलनको तयारी समेत थियो । 

ती सबै कार्यक्रम कोरोनाका कारण स्थगित भएका छन् ।'शारीरिक दुरी कायम राख्दै शान्ति पूजा र दस्प प्रज्वलनका कार्यक्रम हुँदैछन्, उपाध्यक्ष भिक्षु मैत्तेयले भने । 

यो बुद्ध जयन्तीको भोली अर्थात् शुक्रबार बेवीबुद्धलाई तिलौराकोट पुराइने छैन । बुद्ध जन्मेर कपिलवस्तुको तिलौराकोट दरवार पुराएको रथयात्रा हुँदै आएको थियो । ती कार्यक्रम समेत रोकिएका छन् । लुम्बिनीसहित तिलौराकोट, रामग्राम, देवदहमा हुने बुद्ध जयन्तीका कुनै समारोह छैनन् । 

बुद्ध जयन्तीले लुम्बिनी क्षेत्रको पर्यटन क्षेत्रमा समेत उत्साह ल्याउथ्यो । यसपटक सबै क्षेत्रमा निराशा छ । कोरोनाका कारण थलिएको पर्यटन व्यवसायमा बुद्धजयन्तीको प्रभाव समेत निराशाजनक हुने भएको छ । यही समयमा लुम्बिनीमा होटलहरु खचाखच हुन्थे । अहिले होटलहरु बन्द छन् । व्यापार व्यवसाय ठप्प छ । लुम्बिनी विकास कोषका सूचना अधिकृत राजन वस्नेत बुद्ध जयन्तीमा लुम्बिनी सुनसान पहिलो पटक भएको बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.