डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइते
डडेल्धुरा : डडेल्धुरामा चट्याङ लागेर दुईजना घाइते भएका छन् । परशुराम नगरपालिका–४ कटालका ३ वर्षीया रेनुका जोशी र ५५ वर्षीया कलावती जोशी घाइते भएका हुन् ।
बिहीबार बिहान ५ बजेतिर परेको चट्याङ लागेर उनीहरु घाइते भएका इलाका प्रहरी कार्यालय जोगबुढाका प्रहरी निरीक्षक जनकबहादुर मल्लले बताए । घरमा सुतिरहेको अवस्थामा चट्याङ् पर्दा घाइते भएका हुन् ।
चट्याङ पर्दा छिमेकी जयलाल बोहराको गाईगोरुसमेत घाइते भएको जनाएको छ । घाइतेहरुको जोगबुडा अस्पतालमा उपचार भइरहेको प्रहरी कार्यालय जोगबुडाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस !