किट अभावले सुदूरपश्चिममा कारोना परीक्षण ठप्प

किट अभावले सुदूरपश्चिममा कारोना परीक्षण ठप्प

धनगढी : लकडाउन थप्दै गएपनि सुदूरपश्चिमममा कोरोना भाइरस संक्रमणको परीक्षण रोकिएको छ। किटको अभाव भएपछि परीक्षण रोकीएको हो। पीसीआर किटसँगै आरडीटीको समेत अभाव भएको छ।

किट अभावका कारण सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारपछि निको भएर घर फर्केका बिरामीको पुनः परीक्षण समेत रोकिएको छ। अन्य ठाउँमा निको भएका संक्रमितको पुनः परीक्षण गर्दा कोरोना ‘पोजेटिभ’ देखिएको अवस्थामा धनगढीमा निको भएका संक्रमितको पुनः परीक्षण हुन सकेको छैन्।  सेती प्रादेशिक अस्पतालमा रहेका ५ जना कोरोनाका बिरामीमध्ये हालसम्म ४ जना उपचारपछि घर फर्केका छन्। एक जना उपचारत् छन्।

धनगढीमा १२ घण्टामा २७० जनाको कोरोना परीक्षण गरे पनि किटको अभावमा सुस्त छ। आरटी–पीसीआर प्रविधीबाट सुदूरपश्चिममा दुई हजार नौ सय १९ जनाको मात्र कोरोना परीक्षण गरिएको छ। 

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले सुदूरपश्चिममा मात्रै नभई देशभर किटको अभाव भएको जानकारी दिए। नेपालमा आरडीटीबाट प्रारम्भिक परीक्षण गरिँदै आएको छ भने कोरोना भए नभएको यकिन गर्न पीसीआरबाट परीक्षण हुँदै आएको छ। 

परीक्षण कार्य प्रभावित भएपछि कोरोनाको आंशकामा आइसोलेसन र क्वारेन्टाइनमा राखिएकाहरू अप्ठ्यारोमा परेका छन्। निर्देशनालयको तथ्यांकअनुसार पहिलो पटक जारी भएको लकडाउन (चैत ११ गतेदेखि १८ गते सम्म) ८ दिनको अवधिमा ३१ जनाको परीक्षण भएको थियो। थप गरिएको (चैत १८ देखि २५ गते सम्म) सात दिनको अवधिमा १४७ जना शंकास्पद बिरामीको परीक्षण भयो। 

यस्तै दोस्रो पटक थपिएको (चैत २५ गतेदेखि बैशाख ३ गते सम्म) ८ मा १,९९९ र तेस्रो पटक थपिएको (बैशाख ३ देखि १५ गते सम्म) १२ दिनको अवधिमा १,२८४ परीक्षण भएको हो। यस्तै चौथो पटक थपिएको बैशाख १५ देखि २४ गते सम्म प्रदेशभर १५८ जनाको मात्र पीसीआर प्रविधिबाट परीक्षण भएको छ। 

सरकारले फेरी जेठ ५ गते सम्मका लागि लकडाउन अवधि बढाएको छ। पछिल्लो तथ्यांक अनुसार प्रदेशमा दैनिक औसतमा २० जनाको मात्रै परीक्षण भइरहेको छ। सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले सबैलाई परीक्षण अनिवार्य नभएको दाबी गरे।

कार्कीले समुदाय स्तरमा परीक्षणमा नभएपनि हटस्पट क्षेत्रबाट आएर क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण भइरहेको बताए। मापदण्डअनुसार संक्रमित व्यक्तिको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण पनि भइरहेको कार्कीले बताए।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.