लकडाउनमा मुसहरले पाए पक्की घर, खुसीयालीमा भोज (फोटो/भिडियाे)
(गौशाला) महोत्तरी : पुस्तौदेखि जीर्ण फुसको छाप्रोमा बस्दै आएका महोत्तरीको गौशाला नगरपालिका-१२ का मुसहर जातीले पक्की घर पाएपछि खुशी भएका छन् । तराई मधेश समृद्धि कार्यक्रमअन्तर्गतको बजेटबाट मुसहरका लागि एकीकृत बस्ती निर्माण गरिएको गौशाला नगरपालिका मेयर शिवनाथ महतोले बताए ।
लकडाउनमा भोकमरीले पिल्सिएका मुसहरलाई राहतमा खाद्यान्न मात्रै होइन् बस्नलाई लसकरै रहेका चिटिक्कका पक्की घरसहितको नमूना बस्ती हस्तान्तरण गरिएको छ । मुसहरले आफ्नो कूलदेवता भुँईया महराजको पूजा गर्दै गृह प्रवेश गरेका छन् । फुसको छाप्रो जस्तो घरमा बस्नुको पीडै पीडा थियो, मुसरलाई । पुस्तौंनी रोग,भोक, शोकले थलिएका मुसहरको मुहारमा एकीकृत बस्ती निर्माणले खुशी थपिदिएको छ ।
गर्मीमा आगलागीको डरसँगै हावाहुरीले छानो उडाउँथ्यो । वर्षामा छानो चुहेर रातभरी उनीहरुले आँख चिम्लिन पाउँदैन्थे। झन् जाडोमा न्यायो घर, ओढ्नेओछ्याउनेको अभाव मुसहरका लागि पुस-माघको शितलहर ज्यान लिने कालजस्तै बनेर आउँथ्यो ।जाडो टल्न मुसहर घुर बालेर रात काट्दै बाध्य थिए । _20200508094244.jpg)
'पक्की घर पाएसँगै जीवन भरको सारा दुःख जितेको मुहसुस भएको छ । जीवन भर दुःखै-दःखमा बित्यो, बस्तीकी ७० वर्षीया दसनी देवी मुसहरनीले भनिन्, 'बुढेकालमा आफ्नै दैलोमा भोकै भएपनि शान्तीले विश्राम गर्ने दिन आयो।'
वडा अध्यक्ष कृष्णबहादुर विश्वकर्माका आनुसार, बस्ती निर्माण गर्न एक करोड ५ लाख रुपैंया खर्च भएको छ । गौशाला नगरपालिकाको प्राविधिक सहयोगमा निर्माण भएको बस्तीमा प्रदेश सभा सदस्य भरत साहले पनि संसदीय कोषबाट ५ लाख सहयोग गरेका थिए ।
निलो जस्ता पाता छाएको एकिकृत बस्ती भित्रका १६ वटा घर छन् । प्रत्येक घरमा तीन कोठा, ब्रण्डा, एटेच शौचालय तथा बाथरुम, बिजुली बत्तीको सुविधा छ । बस्ती भित्र चौतर्फी रुपमा फराकिला सडक, खानेपानीको सुविधा रहेको छ । बस्ती बनेपछि २० परिवारका १ सय १ जना जीवनमा खुशियाली थपिएको छ ।
पक्की घरमा बस्न पाउने सपना पनि नदेखेका मुसहरहरुले सुविधासम्पन्न बस्ती भित्र बस्न पाएपछि उनीहरुमा खुशीको कुनै सीमा छैन । गृहप्रवेश गरेको खुशियालीमा मुसहरले गाउँ सामुहिक भोजको व्यवस्था गरेका छन् । छुवाछुतको व्यवहार खप्दैं आएका मुसहरहरुसंग बस्तीको उद्घाटमा पुगेकाहरु उनीसँगै बसेर भोज खाएका थिए ।
जीवनभरी मालिकको हरवाह चरवाह गरेर ६० बर्षीय ललुवा मुसहरले जीवन बिताए । उनीसंग सम्पत्तिको नाउँमा केही लुगाफाटो, भात पकाउने भाँडाकुडा र एउटा फुसको छाप्रो मात्रै थियो । बुढेसकालमा पक्की घर पाउने कुरा उनका लागि धेरै परको कुरा थियो । जीवनको उतार्धमा पक्की घरमा प्रवेश गरेका उनले भने, 'हाम्रो पक्की घर बन्यो । अब अरु गरिबको पनि यस्तै घर सरकारले बनाइदिनु पर्छ ।'_20200508094244.jpg)
_20200508094244.jpg)
_20200508094244.jpg)
_20200508094243.jpg)
_20200508094243.jpg)
_20200508094242.jpg)
_20200508094242.jpg)
_20200508094241.jpg)
_20200508094241.jpg)
प्रतिक्रिया दिनुहोस !