व्यास नगरपालिकाले विद्यालय भर्ना खुलायो

व्यास नगरपालिकाले विद्यालय भर्ना खुलायो

दमौली : व्यास नगरपालिकाले विद्यालय भर्ना खुलाएको छ। केही दिन अघि नै नगरपालिकाले विद्यालयका प्रधानाध्यापक तथा शिक्षा क्षेत्रका सरोकारवालासँगको छलफलका आधारमा वैशाख अठठाइस गतेभित्र नतिजा निकाल्न तथा जेठ १० भित्र भर्ना खुलाउन निर्देशन दिएको थियो।

नगरपालिकाले वैशाख बाइस गते नै यससम्बन्धी परिपत्र गरेको भए पनि यसबीचमा शिक्षा मन्त्रालयले भने भर्ना नलिन परिपत्र गरे पछि आफ्नो पुरानै निर्णयमा कायम रहने निर्णय नगरपालिकाले गरेको हो। नगर शिक्षा समितिका अध्यक्ष समेत रहेका व्यास नगर प्रमुख बैकुण्ठनाथ न्यौपानेको अध्यक्षतामा बसेको बैठकले सामाजिक दुरी कायम गरेर नै भर्ना अभियान सञ्चालन गर्न विद्यालयहरुलाई निर्देशन दिएको हो।

नगर प्रमुख न्यौपानेले जोखिमलाई मुल्यांकन गर्दै भिडभाड नहुने गरी अनलाईन प्रविधिमार्फत नतिजा प्रकाशन तथा भर्ना पनि गर्न मिल्ने गरी बाटो खुलाइएको बताए। उनले यस निर्णयले सामाजिक दुरी कायमै राख्ने गरी शैक्षिक गतिविधि अघि बढाए पनि कक्षा सञ्चालनको अनुमति भने नदिएको बताए। नगरपालिकाका प्रवक्ता मोहनकुमार श्रेष्ठले सरकारले पठनपाठन मात्र बन्द गरेकाले सामाजिक दुरीसहित भर्ना गर्न अनुमति दिइएको बताए। नगरपालिकाले एक पटक भर्ना भैसकेका विद्यार्थीलाई फेरि भर्ना शुल्क लिन भने रोक लगाएको छ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.