रोकिएको कोरोना परीक्षण सुचारु

रोकिएको कोरोना परीक्षण सुचारु

धनगढी : सुदूरपश्चिममा रोकिएको कोरोना परीक्षण सुचारु भएको छ। परीक्षणका लागि आवश्यक किट अभाव भएपछि रोकीएको थियो। किटको अभावमा विभिन्न जिल्लाबाट संकलित ५५ थ्रोट स्वावको रिपोर्ट आउने रोकीएको थियो।

सुदूरपश्चिम स्वास्थ्य निर्देशानालयका प्रमुख डा. गुणराज अवस्थीले आरएनए एक्सप्रेसन किट पुगेपछि परीक्षण सुचारु भएको जानकारी दिए। ‘३ सय ८४ जनालाई पुग्ने किट आईपुगको छ’ उनले भने ‘आरडीटी किट लगायत थप सामग्री आउन बाँकी छ।’धनगढीको पशु अन्वेषण प्रयोगशाला स्थापना गरिएको आरटी पीसीआर मेसिनमार्फत हुने कोरोना परीक्षण किट अभावका कारण दुई दिन परीक्षण रोकिएको थियो।

सुदूरपश्चिममा पीसीआरबाट २ हजार ९ सय २३ र आरडीटी विधिबाट १४ हजार ६ सय ९१ जनाको परीक्षण गरिएको छ। अहिलेसम्मको परीक्षणबाट ५ जनामा कोरोना संक्रमण देखिएको थियो। पाँचै जना सेती प्रादेशिक अस्पतालमा उपचारपछि घर फर्किसकेका छन। संक्रमितहरु निको भएर घर फर्केसँगै सुदूरपश्चिम अहिलेलाई कोरोनामुक्त भए पनि क्वारेन्टाइनमा बसेकाहरुको परीक्षण नगर्दासम्म जोखिम कायमै रहेको स्वास्थ्यकर्मीले बताए। क्वारेन्टाइनमा रहेका ३ हजार बढी जनाको परीक्षण गर्न बाँकी रहेको जनाएको छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.