गाउँमा उभौलीको रौनक

गाउँमा उभौलीको रौनक

भोजपुर : किराँत राईहरूको महान् पर्व उभौंली साकेला सुरु भएको छ। लकडाउनको बेला सहरबजार बन्द रहे पनि ग्रामीण भेगमा भने उभौंलीको रौनक बढेको छ। सदरमुकाम आसपासका बजार क्षेत्र ठप्प पारिएको बेला गाउँमा भने विशेष तामझामका साथ साकेला सुरु भएको छ।

बेंसीमा बालीनाली लगाई ‘उभों अर्थात् उकालो निस्कने पुर्खाहरूको सम्झनामा भूमिपूजक किँरात राई समुदायले वैशाख पूर्णिमादेखि एक महिनासम्म उभौंली मान्ने गर्छन्। किराँत राई समुदायको बाहुल्य रहेको भोजपुरका मुख्य सहरी क्षेत्रबाहेक ग्रामीण भेगमा उभौंली पर्व धुमधामले सुरु भएको छ। उभौंलीमा इष्टदेवता सुम्दिमा पारुहाङलाई पुज्दै कुखुराको बली दिएर माङ् (पितृपूजा) गर्न अनिवार्य रहेको नाक्छुङ (धामी) रामबल राईले बताए। ‘वसन्त लागेसँगै कुलपितृलाई बुझाउनै पर्छ, पूजा गर्छौं’, उनले भने।

लकडाउनले सदाजस्तो सहरबजारको भीडभाडमा धुमधामका साथ साकेला नाच्न प्रतिबन्ध लगाइएको छ। तर जातीय पहिचान र नियमित पूजाआजाका कारण गाउँघरमा भने उभौंलीको तामझाम बढेको छ। लकडाउनको सतर्कता अपनाउँदै यो वर्षको उभौंली गाउँमै मनाइने भोजपुर नगरपालिका बोखिमका टीकाराम राईले बताए।

‘लकडाउनले सहरबजारमा ठूलो साकेला नभए पनि गाउँमा कुलपूजा गर्दै नाचिन्छ, जातीय संस्कृति जोगाइराख्ने हाम्रो मान्यता हो,’ उनले भने। उभौंलीमा किराँत राईहरू आफ्ना पुर्खाले कन्दमूल खाएर जीविका गरेको स्मृतिमा कन्दमूल खाने, काँचो वनतरुलको टीका लगाउने, सबेरै काँचो वनतरुल चपाएपछि मात्र अन्य उसिनेका वा भुटेर तारेका कन्दमूल भोजनका रूपमा ग्रहण गर्ने परम्परागत चलन रहेको किराँत संस्कृतविद् कमलजंग राईले बताए।

किराँत राई यायोख्खा केन्द्रीय समितिले पनि कोरोना संक्रमणबाट सावधानी अपनाउँदै विशेष कुलपूजा र सीमित व्यक्तिबीच उपस्थित रहन सूचित गराएको थियो। केन्द्रको परिपत्र अनुरूप नै जिल्लाभित्रका भोजपुर सदरमुकाम, घोरेटार, चम्पे, दिङ्लालगायत मुख्य बजार क्षेत्रमा यो वर्ष साकेला नाच स्थगित गरिएको किराँत राई यायोख्खा भोजपुरकी अध्यक्ष सिर्जना राईले बताइन्। सिर्जनाले भनिन्, ‘केन्द्रको परिपत्रअनुसार नै विशेष पूजा र सीमित व्यक्तिको उपस्थितिबाहेक सार्वजनिक रूपमा भीडभाड हुने किसिमको साकेला स्थगित गरेका छौं।’
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.