बैंक खुलेपछि लकडाउन पालनै भएन

बैंक खुलेपछि लकडाउन पालनै भएन

तानसेन : लामो लकडाउनपछि सरकारले अत्यावश्यक सरकारी कार्यालय तथा बैंक वित्तीय संस्था सहित ४२ प्रकारका उद्योग संचालन गर्ने निर्यणसंगै पाल्पाको सदरमुकाम तानसेनमा चहल पहल बढेको छ। चैत्र ११ गतेदेखि सुनसान बन्दै आएका सदरमुकाम तानसेन बजारमा मानिसको आवत जावत बढेको छ। आइतबार तानसेनमा सबै बंैक तथा वित्तिय संस्था संचालनमा आएका छन्। 

बैंक तथा वित्तिय संस्था संचालन आएपनि तानसेनका बैंकमा नगद कारोवार गर्नेको भिडभाड बढेको छ। भारतीय भुतपुर्वक सैनिकले पेन्सन लिन तानसेनको एसबीआई बैंक भिडभाड रहेको थियो। गाउँगाउँ बाट पेन्सन लिन बैंकमा  बृद्ध बृद्धाको भिडभाड थियो। 

बैंकमा अत्याधिक भिड बढेपछि ग्राहकलाई दूरी कायम गर्न प्रहरी परिचालन गरिएको थियो। लामो समय लकडाउनको कारण काम गर्न नपाएका मजदुर पनि सडक सडकमा नाम्लो बोकी हिँडेका थिए। 

लकडाउन खुकुलो भएपछि घर ढलाईमा खटिदै मजदुरहरु। 
  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.