राहतले चलेन गुजारा, गिट्टी कुट्दै दलित

राहतले चलेन गुजारा, गिट्टी कुट्दै दलित

डडेल्धुरा : अमरगढी नगरपालिका ११ मा रहेका ३० दलित परिवार अहिले गिट्टी कुटेर गुजारा चलाइरहेका छन्। केही दिनअघि नगरपालिका र ११ नं वडा कार्यालयबाट पाएको राहत केही दिनका लागि मात्रै पुगेको भन्दै गुजारा चलाउन गिट्टी कुट्न बाध्य भएका हुन्।

कामका लागि भारत गएका श्रीमान् र उमेर पुगेका केटामान्छे लकडाउनको समयमा उतै थुनिएपछि दैनिक गुजारा चलाउन पनि मुश्किल हुँदा गिट्टी कुट्नु परेको उनीहरू बताउँछन्। भारतमा कमाएको पैसा लकडाउनका समयमा खर्च गर्न नपुगेकाले घरपरिवारको गुजारा गर्न गिट्टीबाट आम्दानी गरिरहेको अमरगढी ११ लिटगाउँका पार्की टोलकी डम्बरी पार्कीले बताइन्। अहिले गाउँमै निर्माण भइरहेको बाटोका लागि गिट्टी बिक्री भएको उनले बताइन्। सधैं गिट्टी, बालुवा वा दैनिक ज्यालादारी गरी परिवारको खर्च धानिरहेका भए पनि लकडाउनले समस्या बल्झिएको हो।

वृद्ध आमासँगै बालबालिका पनि गिट्टी कुट्न बाध्य बनेका हुन्। लकडाउनले विद्यालय बन्द भएपछि नाबालक छोराछोरीले समेत अभिभावकलाई गिट्टी कुट्नमा सहयोग गरिरहेका छन्। परिवारको खर्च चलाउन आमाबुबालाई सहयोग गर्न गिट्टी कुट्न राजमार्गमा निस्केको बालबालिका बताउँछन्। यसबाट आउने पैसाले विद्यालयका लुगा र कापी किताबमा खर्च गर्न आमालाई सहयोग पुग्ने गिट्टी कुट्न आएकी कक्षा ८ की करिश्मा पार्कीले बताइन्।

बिहानदेखि राति अबेरसम्म विद्यालय उमेरका बालबालिका आमासँगै गिट्टी कुट्न गाउँनजिकै रहेको केआईसिंह राजमार्गमा भेटिन्छन्। बुबा तथा दाजुहरू लकडाउनले भारतमै थुनिएका कारण बालबालिकाले समेत गिट्टीका लागि ढुंगा ओसार्ने र कुट्न मद्दत गरिरहेको आमा डम्बरीले बताइन्। दर्जनभन्दा बढी बालबालिका अहिले गाउँमै निर्माण भइरहेको बाटोका लागि गिट्टी कुट्ने काममा दिनभर लागि परेका छन्। नगरपालिका र वडा कार्यालयबाट पाएको १० किलो राहतले हप्ता दिनसम्म खानका लागि नपुगेको उनीहरूको भनाइ छ। उनीहरूलाई बेलाबेलामा वडा र नगरबाट सहयोग पुर्‍याइरहेको वडाध्यक्ष सूर्यप्रकाश खड्काले जनाए।

खड्काले भने, ‘उनीहरूलाई समस्या भए वडाबाट पुन राहत वितरण गरिने छ।’ वडा कार्यालयले बेलाबेलामा राहत सहयोग गरिरहेको जनाए पनि अमरगढी लिटगाउँ पार्की टोलका मानिस भने समस्यामा रहेको बताइरहेका छन्। कोरोना भाइरस संक्रमणको जोखिमका कारण उनीहरूको परिवारका कमाउने सदस्य भने भारतमा रोकिएका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.