कोरोना संक्रमित युवकको गाउँ सिल
राजविराज : सप्तरीका एक युवकमा कोरोना संक्रमण देखिएपछि डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रवक्ता आनन्द ठाकुरका अनुसार सोमबार साँझ बसेको जिल्ला सुरक्षा समितिको बैठकले डाक्नेश्वरी नगरपालिका वडा नम्बर ३ को हटैल टोललाई सिल गर्ने निर्णय गरेको हो।
संक्रमित युवालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। उनका परिवारसहित उनको सम्पर्कमा आएका सबै व्यक्तिको कोरोना परीक्षण गरिने प्रवक्ता ठाकुरले बताए ।
प्रतिक्रिया दिनुहोस !