कोरोना संक्रमित फेला परेपछि धादिङको कटुवाल पौवा सिल

कोरोना संक्रमित फेला परेपछि धादिङको कटुवाल पौवा सिल

धादिङ : बिहीबार कोरोना भाइरसबाट संक्रमित हुनेमध्ये १ जना धादिङका भेटिएपछि उनी बस्ने गाउँ सील गर्ने निर्णय भएको छ। गल्छी गाउँपालिका ८ कटुवाल पौवा गाउँ सिल गर्ने जिल्ला सुरक्षा समितिले निर्णय गरेको छ ।

शुक्रबार बिहान जिल्ला सुरक्षा समितिका संयोजक प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा र त्यस क्षेत्रका जनप्रतिनिधिसहितको संयुक्त बैठकले गाउँ सिल गर्ने निर्णय गरेको हो ।

गल्छी गाउँपालिका ८ को पूर्वमा चैनपुर चुली, पश्चिममा नेपाली सेना ६ नम्बर बाहिनी अड्डा, उत्तरमा महेशखोला र त्रिशुली नदी तथा दक्षिणमा पृथ्वीराजमार्गको गल्छी बजारबाट नुवाकोट जाने सडक सिल गर्ने निर्णय भएको हो । 

यी चारकिल्ला भित्र आगामी जेठ ६ गते राती १२ बजेसम्मका लागि संक्रामक रोग ऐन २०२० को दफा २ र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ उपदफा २ बमोजिम निशेधाज्ञा जारी गर्दे शील गर्ने निर्णय भएको प्रजिअ अस्मान तामाङले जानकारी दिए । 

उनले भने, 'चारकिल्ला भित्र सम्पूर्ण गतिविधि बन्द गराइएको छ, सुरक्षाको जिम्मा प्रहरीलाई दिइएको छ ।' उल्लेखित चार किल्लाभित्र कसैलाई पनि बाहिर निस्कन र आवतजावत गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ । सम्पूर्ण सुरक्षा व्यवस्था मिलाउनको लागि र माइकिङ गर्न सशस्त्र प्रहरी तथा नेपाल प्रहरीलाई जिम्मा दिइएको छ । साथै नेपाली सेनाले पनि गाडीबाट गस्ती गर्ने निर्णय गरिएको छ । 

संक्रमित व्यक्तिसँग जोडिएका व्यक्तिलाई सम्पर्क गरी क्वारेन्टाइनमा राख्नका लागि गल्छी गाउँपालिकालाई निर्देशन दिइएको छ । त्यसका लागि वडा अध्यक्ष भरत तामाङको संयोजकत्वमा 'कन्ट्याक्ट ट्रेसिङ' गर्न स्वास्थकर्मी सुरक्षा निकाय र जनप्रतिनिधिको संयुक्त टिम बनाइको छ ।

संक्रमित महिलासँग सम्पर्कमा आएका सबैजनाको पीसीआर परीक्षण गराउने निर्णय गरिएको स्वास्थ्य कार्यलय धादिङका प्रमुख डाक्टर भुवन पौडेलले जानकारी दिए । उनले भने, 'संक्रमित महिलासँग सम्पर्कमा रहेका सबैजनाको स्वाब संकलन गरी पीसीआरका लागि पठाउने छौँ, सुरुमा कन्ट्याक ट्रेसिङको काम हुन्छ त्यसपछि पीसीआर गराउने छौँ।'

संक्रमित व्यक्तिको अस्थायी बसोबास रहेको चन्द्रागिरि नगरपालिकाको अमरबस्ती (सतुङगत क्षेत्र)मा पनि सजगता अपनाउन नगरपालिकालाई जानकारी गराउने समेत निर्णय गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.