सुदूरपश्चिम सरकारले गर्‍यो कोरोना कोषबाट ३२ करोड बढी खर्च

सुदूरपश्चिम सरकारले गर्‍यो कोरोना कोषबाट ३२ करोड बढी खर्च

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले कोरोना कोषबाट साढे ३२ करोड बढी रुपैयाँ खर्च गरेको छ । प्रदेश सरकारद्वारा कोरोना भाइरस (कोभिड-१९) जोखिम नियन्त्ररण तथा व्यवस्थापन कोषबाट ३२ करोड ५९ लाख २० हजार रुपैयाँ खर्च गरेको हो ।

प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका अनुसार स्वास्थ्य सामग्री खेरिददेखि विभिन्न स्थानीय तहमा राहत वितरणमा उक्त रकम खर्च भएको छ । सबैभन्दा बढी प्रदेशको सामाजिक विकास मन्त्रालयले १५ करोड ७३ लाख हजार रुपैयाँ खर्च गरेको छ।सामाजिक मन्त्रालयले २० वटा भेन्टिलेटर र ल्यावका सामग्री खरिद गर्नमा खर्च गरेको हो । 

प्रदेशका ८८ वटा स्थानीय तहमा १५ करोड २६ लाख रुपैयाँ खर्च भएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले जानकारी दिए ।   प्रदेशको शान्ति सुरक्षा मजबुत बनाउन ९ वटै जिल्ला प्रशासन कार्यालय, प्रदेश प्रहरी कार्यालय, नेपाली सेना तथा सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागलाई आवश्यक रकम सहयोग गरिएको मन्त्रालयले जनाएको छ ।

हालसम्म प्रदेश सरकारको रकम, दातृ निकायबाट भएको नगद र खाद्यान्न सहयोगबाट आवश्यक सामग्री खरिद तथा स्थानीय तहलाई नगद हस्तान्तरण गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।

प्रदेश सरकारले ४० करोड रुपैयाँ राखेर स्थापना गरेको कोषमा बैंक, वित्तीय संस्था, व्यवसायी तथा विभिन्न निजी क्षेत्रबाट समेत नगद तथा खाद्यान्न सहयोग गरेको हो । कोषमा अन्य क्षेत्रले २ करोड ३५ लाख रुपैयाँ प्रदान गरेको छ । केही स्थानीय सरकार राहत वितरणमा व्यस्त छन् भने केहीले अझै सुरु गर्न सकेका छैनन् ।

प्रदेशको एक मात्र उपमहानगर धनगढीले पहिलो चरणको राहत वितरण गरी दोस्रो चरणमा वितरण गदै गर्दा कुहिएको चामल भेटिएपछि रोकिएको छ । धनगढी उपमहानगरलाई प्रदेश सरकारले ५६ लाख ३० हजार दिएको हो ।

विश्वमै महामारीको रुप लिएको कोरना भाइरससँग सामना गर्न गत चैत ११ गतेदेखि देशभर लकडाउन भएपछि स्थानीय र प्रदेश सरकारले राहत प्याकेज ल्याएका थिए ।

प्रदेश सरकारले स्थानीय तहहरुले प्रदेश सरकारबाट प्राप्त भएको राहत तथा विभिन्न निकायबाट सहयोग भएको रकम तथा खाद्यान्न वितरण गर्ने कार्य जारी छ । यस्तै कैलालीको गोदावारी नगरपालिकाले बल्ल आएर पहिलो चरणको राहत वितरण सुरु गरेको छ ।  'दुई चरणमा राहत वितरण कार्यक्रम ल्याएको छ,' गोदावरी नगरपालिकाको प्रवक्ता शर्मानन्द भट्टले भने ,'पहिलो चरणमा केही वडामा सुरु गरिसकेको छ।' 

गोदावरीलाई प्रदेश सरकारले ३४ लाख ८० हजार रकम दिएको छ । तर स्थानीयले भने अझै राहत नपाएको गुनासो गरिरहेका छन् । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.