मजदुरका सहयोगी बन्दै व्यवसायी खतिवडा : ६० लाख भाडा छुट, सय परिवारलाई निशुल्क कोठा

मजदुरका सहयोगी बन्दै व्यवसायी खतिवडा : ६० लाख भाडा छुट, सय परिवारलाई निशुल्क कोठा

धादिङ : युवराज खतिवडा पेशाले व्यवसायी हुन् । धादिङमा जन्मिएर १८ वर्षअघि व्यवसायको शिलशिलामा पोखरा पुगेका खतिवडा अहिले पोखराका स्थापित व्यवसायीको रुपमा चिनिन्छन् । यतिबेला उनको एउटा अर्को परिचय थपिएको छ, कोरोना महामारी पीडित मजदुरका सहयोगी।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको रोकथाम गर्नका लागि सरकारले देशभर लकडाउन गरेको २ महिना पुग्न लागिसकेको छ । दैनिकरुपमा ज्यालादारी काम गरेर खानेहरु मात्र नभइ व्यापार व्यवसाय गर्नेहरु समेत समस्यामा पर्न थालिसकेका छन् । कतिपय मजदुर कोठाभाडा तिर्न र खाद्यान्न जोहो गर्न नसकेर आत्महत्या गर्न थालेका खवर छिटपुट आउन थालिसकेको छ ।

यसबीचमा व्यवसायी खतिवडाले आफ्नो व्यवसायिक प्रयोजनको लागि बनाइएका कोठाहरुमा विपन्न, कोठाभाडा तिर्न नसकेका र कोठाबाट निकालिएका मजदुरको लागि निशुल्क दिने घोषणा गरेका छन् । कोठामात्र नभइ लकडाउन अवधिभरका लागि खाद्यान्न पनि निशुल्कै दिने बताएका हुन् ।

पोखरा महानगरपालिका ५ पस्र्याङमा खतिवडाले आफ्नो व्यवसायमा काम गर्ने मजदुरका लागि आवास क्षेत्र बनाएका थिए। त्यहाँ करिब १ सय वटाभन्दा बढी कोठा छन् । अघिल्लो वर्षदेखि निर्माण थालेका उनले अहिले निर्माण कार्य लगभग सकिसकेका छन् । यहीबीचमा निम्तिएको कोरोना महामारीको समस्याबाट पीडित भएकालाई उक्त भवन लकडाउन अवधिभर र अर्को जागिर नपाउने बेलासम्म निशुल्क उपलब्ध गराउने बताएका हुन् ।

उनले भने, 'कोही कसैलाई भाडा बस्न समस्या भएको छ, अथवा घरबेटीले भाडा नतिर्दा निस्केर जा भनेको छ भने हामीलाई सम्पर्क गराइदिनुस्, हामी आफ्नै गाडी लगेर उद्धार गर्नेछौँ, यहाँ महामारी भर निशुल्क व्यवस्थापन गर्नेछौँ।'

उक्त आवास क्षेत्रमा अहिले १७ मजदुर परिवार निशुल्क बस्न आइसकेका छन् । लकडाउनका तेस्रो साता चलिरहँदा धादिङबाट रोजगारीको लागि पोखरा पुगेका मजदुरलाई लक्षित गरेर खाद्यान्न सहयोग गरेका खतिवडाको मन घरभाडा तिर्न नसकेका मजदुरलाई घरबेटीले निकालिदिएको घटनाले छोयो । आफ्नो व्यवसायिक आवास क्षेत्रलाइ निशुल्क प्रयोग गर्न दिने सोच बनाए ।

खतिवडाले भने, 'पोखरामा आएर ज्याला मजदुरी गर्ने देशको जुनसुकै कुनाको नागरिक भएपनि मेरो यो आवासक्षेत्रमा खाद्यान्नको व्यवस्थासहित निशुल्क राखिदिनेछु ।' त्यसरी आएको मजदुरहरु र समस्या परेका व्यक्तिहरुलाई उनीहरुको क्षमता र सीप अनुसारको रोजगारी आफूले संचालन गरेको विभिन्न व्यवसायमा पनि दिने खतिवडाले बताएका छन्।

'म धादिङबाट आएर संघर्ष गरेर अहिले वसायमा सफलता पाइरहेको छु ।धादिङ प्रति मेरो छुट्टै माया छ ।खतिवडाले भने, मजदुरलाई कत्तिको समस्या पर्छ भनेर मैले राम्रोसँग बुझेको छु, लकडाउनकै कारण धादिङबाट आएर पोखरामा कोही मजदुरहरु अलपत्र नपरोस भन्ने मेरो उद्येश्य हो, मेरो क्षमताले भ्याएसम्मको सहयोग गर्नेछु। 

चैत महिनाको भाडा पुरै छुट

खतिवडाको पोखराका विभिन्न बजारक्षेत्रमा व्यवसायिक कम्प्लेक्स तथा मिनि मार्केट रहेका छन् । सिदार्थ चोकमा रहेको तरकारी र फलफूल पाइने सब्जीमण्डी होस या पोखराकै चर्चित पृथ्वीचोकमा रहेको पोखरा सस्तो बजार । त्यहाँको सटर भाडामा लिएर व्यवसाय गर्ने सबैलाई उनले चैत महिनाको भाडा छुट गरिदिएका छन् । 

खतिवडाले भने, 'मैले यो ठाउँ उ ठाउँ भनेर छुट दिएको छैन । मैले पनि सरकारलाई नै र ठेक्‍का लिएका संघसस्थालाई नै बुझाउनु पर्ने हो, मलाई भाडा तिर्ने सबै व्यवसायी मजदुरु सबैलाई चैत महिनाको करिब ६० लाख रुपैयाँ घरभाडा छुट दिएको छु ।'

वैशाख महिनाको भने व्यवसायीसँग सल्लाह गरेर मात्रै छुट दिने खतिवडाले बताए ।खतिवडाले पोखरामा बसेर विभिन्न विकास निर्माणका आयोजनाको ठेक्कापट्टा, व्यवसायिक भवन संचालन तथा व्यापार गर्दै आएका छन्।

'मसँग धेरै भएर सहयोग गरेको होइन, मैले यो राज्यलाई गरेको सहयोग हो । सबै ठाउँमा राज्यको उपस्थिति नहुन सक्छ ,' खतिवडाले भने, 'विश्वभर यस्तो महामारीको विपत्ती भएको बेला सक्नेले, क्षमता हुनेले अरु विपन्न र दुःखी गरिबलाई सहयोग गरौँ, नसक्नेले घरभित्रै बसेर राज्यको अभियानमा हातेमालो गरौँ।'


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.