कांग्रेसको नयाँ प्रस्ताव

संसदीय छानबिन समितिको 'टीओआर' मा दलहरू सहमति नजिक, कार्यदल बैठक जारी

संसदीय छानबिन समितिको 'टीओआर' मा दलहरू सहमति नजिक, कार्यदल बैठक जारी

काठमाडौं : संसदीय छानबिन समितिको टीओआरमा दलहरू सहमति नजिक पुगेका छन्।  संसदीय छानबिन समितिको कार्यादेशमा टुंगो लगाउन गठित कार्यदलको बैठकमा टीओआरमा  दलहरू सहमति नजिक पुगेपनि टुंगो लगाउन भने बाँकी नै छ। अहिले सिंहदरबारमा कार्यदलको बैठक जारी छ।

कार्यदलका सदस्य एवं नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कार्यादेशमा दलहरू सहमति नजिक पुगेपनि निष्कर्षमा भने पुग्न नसकेको जानकारी दिए।

उनले भने, 'हिजो -अस्तिभन्दा विपक्ष दल नेपाली कांग्रेस कार्यादेशको सहमतिमा केही लचिलो देखिएको छ। नामै तोक्नुपर्ने विषय उठाउँदै आएको कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने संलग्न रहेका सहकारीहरूलाई समेटेर नयाँ ढंगले  अगाडि जाने विषयमा नयाँ प्रस्ताव ल्याएको छ। यसमा छलफल जारी छ। आशा गरौं आजको बैठकले टुंगो लगाउँछ।'

यसअघि बिहीबार बसेको कार्यदलको बैठकमा सत्ता पक्ष र प्रतिपक्षी आ-आफ्नो अडान दोहोर्‍याएपछि बैठक निष्कर्षविहीन बनेको थियो। उप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेको नाम किटान गर्ने विषयमा दलहरूबीच सहमति नहुँदा कार्यदलको बैठक निष्कर्षविहीन हुँदै  आएको छ।

संसदीय छानबिन समित नबनाउँदासम्म संसदको कामकारवाही अघि बढ्न नदिने कांग्रेसको रणनीति छ। कांग्रेसले सहकारी ठगी प्रकरणमा छानबिन समिति बनाउन सरकारलाई दबाब दिन सडक आन्दोलन गर्ने तयारीमा छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.