धनगढीमा ५० बेडको कोरोना अस्पताल तयार

धनगढीमा ५० बेडको कोरोना अस्पताल तयार

धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा ५० बेडको अस्पताल तयार गरेको छ । प्रदेश सरकारले एक महिनामा कोरोना अस्पताल तयार गरेको हो । धनगढी उपमहानगरपालिका–१ मा रहेको वडा प्रहरी कार्यालयको विपरीत दिशातर्फ रहेको जिल्ला समन्वय समिति कैलालीको जमीनमा अस्पताल निर्माण गरिएको छ । अस्पतालमा एउटा ठूलो हल र बाँकी अन्य आइसोलेसन बेड निर्माण भएका छन् । 

प्रदेश सरकार सामाजिक विकास मन्त्रालयले कैलाली र कञ्चनपुरमा ५०-५० बेडको छुट्टै कोरोना अस्पताल निर्माणका लागि एक-एक करोड अख्तियारी दिएको थियो । कैलालीमा निर्माण सम्पन्न भए पनि कञ्चनपुरमा भने निर्माणकै क्रममा रहेका छ ।

‘कोरोना संक्रमितका लागि अलग्गै अस्पताल आवश्क पर्ने थियो’, मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले भने, ‘त्यसै अनुसार अस्पताल निर्माण भएको हो ।’ अहिले प्रदेशको एक मात्र रिफरल प्रादेशिक अस्पताल सेतीमा कोरोनाका बिरामीहरुको उपचार भइरहेको छ । पछिल्लो समयमा संकास्पद कोरोनाका बिरामीहरुको उपचार सेतीमा भइरहेको हो । 

सेतीमा कोरोनाका बिरामी उपचार गर्न सुरु गरिएपछि अन्य सेवा प्रभावित भएका छन् । नयाँ निर्माण भएको ५० बेडको अस्पताल भवन प्रि–फ्याव प्रविधिमा निर्माण गरिएको छ । ५० बेड क्षमताको भवन निर्माण भएसँगै अब त्यसमा आवश्यक सामग्री राखेर कोरोना संक्रमितहरुको उपचार सुरु गरिने सुदूरपश्चिम सामाजिक मन्त्रालयले जानकारी दिएको छ ।

कोरोना विशेष अस्पताल तोकिएको सेती अस्पताल मातहत रहने गरी सुदूरपश्चिम प्रदेश सरकारले निर्माण गरेको प्रि–फ्याव भवनको निर्माण गरेको हो ।
सेती अस्पतालमै कोरोनाका बिरामी राखेर उपचार हुँदा अन्य सेवा प्रभावित भएको थियो । छुट्टै कोरोना अस्पताल बनेपछि उपचारमा धेरै सहज हुने चिकित्सकहरुले बताएका छन् । ‘उपचारका लागि आवश्यक स्वास्थ्य उपकरण जडान हुने वित्तिकै सेवा सुरु गरिने छ’, सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट हेमराज पाण्डेयले भने ।

प्रदेशका मुख्य अस्पताल सेती प्रादेशिक अस्पताल मातहत रहनेगरी सो भवनबाट कोरोनाका बिरामीको उपचार हुने छ । सुदूरपश्चिममा ५ जना कोरोना संक्रमित भेटिएका छन् । उनीहरु सबै निको भएर घर फर्किसकेका छन् । सुदूरपश्चिममा पछिल्ला दिनहरुमा भारतबाट आउनेहरुको क्रम बढेसँगै कोरोना भाइरस संक्रमणको जोखिम भने उच्च रहेको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.