छुट्टाछुट्टै दुर्घटनामा दुई बालबालिकाको मृत्यु

छुट्टाछुट्टै दुर्घटनामा दुई बालबालिकाको मृत्यु

नुवाकोट : नुवाकोटका दुई छुट्टाछुट्टै स्थानमा दुई बालबालिकाको ज्यान गएको छ । तादी खोलामा डुबेर एक बालक र कुमरीमा लडेर एक बालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । 

बिदुर नगरपालिका ५ पिपलटारमा मजदुरी काम गर्ने गोरखा बेनिघाट गाउँपालिका ५ तोरीस्वारा घर भएका राम बहादुर मगरको १० वर्षीय छोरा पदम मगरको खोलामा डुबेर मृत्यु भएको नुवाकोट प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक अविनारायण काफ्लेले जानकारी दिए। 

बाबुसँगै माछा मार्न गएका उनलाई तादी खोलाले बगाएको थियो। स्थानीयवासी, जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी तादीपुलबाट खटिएको प्रहरीको सहयोगमा खोजी गर्ने क्रममा घटनास्थलबाट ५ किमी तल शव फेला पारेको एसपी काफ्ले बताए। शव आफन्तको जिम्मा लगाइएको छ । 

यता, नुवाकोटको पूर्वी भेगमा रहेको बेलकोटगढी नगरपालिका २ स्थित सिरिसे टोलमा २ वर्षीया एक बालिकाको लडेर मृत्यु भएको छ । घरमै लडेर घाइते भएकी ति बालिकाको उपचारका क्रममा मृत्यु भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.