पुष्टि भएकालाई विराटनगर पठाइने, अन्यलाई क्‍वारेन्टाइनमा राखिने

पुष्टि भएकालाई विराटनगर पठाइने, अन्यलाई क्‍वारेन्टाइनमा राखिने

धनकुटा : धनकुटा अस्पतालमा कार्यरत स्वास्थ्यकमीलाई कोरोना संक्रमण पुष्टि भएपछि सिल गरिएको जिल्ला अस्पताल सञ्चालनमा ल्याइने भएको छ। कोभिड १९ कमाण्ड फोर्स समितिको बुधबार बसेको बैठकले जिल्ला अस्पतालमा कोरोना परिक्षण गरेर रिपोर्ट नेगेटिभ आएकालाई क्वारेन्टाइनमा राख्ने र अस्पतालमा सेनिटाइजर छर्केर सञ्चालन गर्ने निर्णय गरिएको कोभिड–१९ कमाण्ड फोर्सका सदस्य सचिव तथा सूचना अधिकारी जयराम श्रेष्ठले बताए।

८३ जनालाई (कोरोना पुष्टि भएका वाहेक) धनकुटा–६ आत्मारास्थित औद्योगिक ग्राममा रहेको क्‍वारेन्टाइनमा राखिने छ। कोरोना पुष्टि भई जिल्ला अस्पतालको आइसोलेसन वार्डमा रहेका व्यक्तिलाई बुधबारै विराटनगरस्थित कोरोना विशेष अस्पतालमा पठाइने सदस्य सचिवको भनाई छ। स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित पुष्टि भएपछि बन्द रहेको अस्पतालको स्वास्थ्य सेवालाई सिल नखुलेसम्म  धनकुटा–६ स्थित आँखा अस्पतालमा स्थापना गरि सेवा प्रवाह गर्ने समेत निर्णय गरिएको छ। जीतपुर र डाँडाबजारमा स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मीलाई ल्याएर आँखा अस्पतालमा प्राथमिक स्वास्थ्य केन्द्र स्थापना गरिने छ। थप स्वास्थ्यकर्मी प्रदेश सरकारसँग माग गरिने बैठकले निर्णय गरेको छ।

धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायम कार्ड लागू गरिएको छ। धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुनेछ।

त्यस्तै कोरोना पुष्टि भएका विरामीलाई कोरोना अस्पताल पठाइसकेपछि र स्वाव परिक्षणको रिपोट आइसकेपछि बजार क्षेत्रको सिल खोलिने उनले बताए। अस्पतालको सिल भने खुल्ला नहुने उनको भनाई छ। त्यस्तै पिसिआर गर्न आवश्यक पर्ने किट खरिद गर्न र विदेशवाट आएका व्यक्तिलाई राख्नको लागि क्‍वारेन्टाइन निर्माण गर्न स्थानीय पालिकालाई अनुरोध गर्ने निर्णय गरिएको छ। बैठकमा प्रदेशका माननीय, जिल्ला समन्वय प्रमुख, धनकुटा नगरपालिका प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा समितिका सदस्यहरु लगायतको उपस्थिति थियो। 

चामल छ, तरकारी खान पाइएन : स्वास्थ्यकर्मी 
जिल्ला अस्पताल धनकुटासहित धनकुटा बजार केही दिन यता सिल छ। अस्पताल भित्रै चिकित्सक, स्वास्थ्यकर्मी, उनीहरुका परिवारका सदस्य, विरामी, कुरुवा र कर्मचारीसहित सय भन्दा बढी क्‍वारेन्टाइनमा रहेको अवस्था छ। अस्पतालमा खाद्यान्न केही मौज्दात रहेपनि तरकारी, दुध जस्ता दैनिक उपभोग्य सामाग्रीको अभाव स्वास्थ्यकर्मीहरुको गुनासो छ। ‘बाहिर निस्किन पाइदैन्’ उनले भने ‘भित्रै बस्दा चामल बाहेक केही छैन्।’ बाहिरबाट व्यवस्थापन छैन्। अस्पताल परिसरभित्रै झण्डै ६० जना भन्दा स्वास्थ्यकर्मीसहित उनीहरुका परिवारका सदस्य छन्। विरामी र कुरुवासहित गर्दा १ सय बढी हुने जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए। सँगै काम गरिरहेका सहकर्मीहरु धमाधम कोरोना पुष्टि भएपनि केही त्रासको सिर्जना भएको छ। ‘केही लक्षण नभएको व्यक्तिलाई पुष्टि हुँदा डर हुदो रैछ’ उनले भने ‘अझै केहीको रिपोर्ट आउँन बाँकी नै छ।’

विराटनगरस्थित कोरोना विशेष अस्पतालमा रहेको बेड संक्रमित विरामीले भरिएपछि थप पुष्टि भएका कोरोना संक्रमित विरामी अहिले जिल्ला अस्पतालमा रहेको आइसोलेसन वार्डमा छन्। संक्रमित व्यक्तिलाई बुधबार विहान विराटनगर लैजाने भनिए पनि कोरोना अस्पतालको बेड नहुँदा अस्पतालमै राखिएको हो। उनीहरुको आइसोलेसन कक्षमा नै राखेर उपचार भइरहेको वताइएको छ। 

अस्पताल सिल भएपछि उपचारमा समस्या 
अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई कोरोना संक्रमित पुष्टि भएपछि जिल्ला अस्पतालसहित धनकुटा बजार सिल छ। अस्पतालको ओपिडी, इमरजेन्सी जस्ता सेवा अहिले बन्द छ। अस्पतालमा कार्यरत सबै स्वस्थ्यकर्मी र कर्मचारी अस्पताल भित्रै क्‍वारेन्टाइनमा छन्। जसको कारण सिल भन्दा बाहिरका विरामीलाई उपचार गर्न/गराउन समस्या देखिएको छ। कोरोना पुष्टि हुने संख्या बढ्न थालेपछि अस्पताल आसपासका बासिन्दामा त्रास सिर्जना भएको छ। प्रदेशबाट विशेष चिकित्सकसहितको स्वास्थ्यटोली आइसकेपछि धनकुटा–६ सल्लेरीमा रहेको आँखा अस्पतालमा (सिल गरिएको क्षेत्र बाहिरको) स्वास्थ्य सेवा सञ्चालन गर्ने तयारीको विषयमा छलफल भइरहेको प्रमुख जिल्ला अधिकारी केशवप्रसाद विमलीले बताए। ‘अस्पतालमै कोरोना पुष्टि भएपछि कार्यरत सबै स्वास्थ्यकर्मी क्‍वारेन्टाइनमा वसेका छन्।’ उनले भने ‘विरामी आएपनि स्वास्थ्यकर्मी छैनन्। प्रदेशवाट स्वास्थ्य टोली ल्याएर आँखा अस्पतालबाट सेवा संचालन गर्ने सोचमा रहेका छौं।’

कन्ट्रयाक टेसिङ गर्न नगरले थाल्यो लगत संकलन   
जिल्ला अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुलाई कोरोना संक्रमण भएको पुष्टि भएपछि धनकुटा नगर कार्यपालिकाले संक्रमित प्रभावित क्षेत्रका नगरवासीमा संक्रमण जोखिमस्थित सिर्जना भएको भन्दै कन्ट्रयाक ट्रेसिङ गर्न लगत संकलन कार्य सुरु गरेको छ। नगरपालिका क्षेत्रभित्रका सबै वडामा पत्राचार गर्दै वैशाख १५ गतेपछि धनकुटा अस्पतालमा स्वास्थ्य सेवा लिन आएका व्यक्तिहरुको विवरण संकलन गर्न फाराम समेत पठाइएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबहादुर थापाले बताए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.