जनकपुरमा पिसिआर परीक्षण पुनः स्थगित

जनकपुरमा पिसिआर परीक्षण पुनः स्थगित

जनकपुरधाम : प्रादेशिक अस्पताल जनकपुरधाम स्थित पिसिआर प्रयोगशालामा जडित पिसिआर स्वाब परीक्षण पुनः बन्द भएको छ । पिसिआर स्वाब प्रयोगशाला जनकपुर र राष्ट्रिय प्रयोगशाला टेकु काठमाडौंमा परीक्षण गर्दा फरक रिपोर्ट आएपछि दोश्रो पिसिआर मेसिनसमेत बन्द गर्नुपरेको छ । 

दुई फरक–फरक पिसिआर मेसिनमा शंका उपशंका उत्पन्न हुने रिपोर्ट आएपछि तत्कालका लागि प्रयोगशाला बन्द गरिएको हो । यसअघि राष्ट्रिय प्रयोगशालाले पठाएको मेसिनले भरपर्दो नतिजा नदिएपछि नयाँ मेसिन जडान गरिएको थियो । तर बैशाख २४ मा पत्रकारहरुको स्वाब परीक्षण गर्दा प्रादेशिक अस्पतालको रिपोर्ट निगेटिभ र राष्ट्रिय प्रयोगशालाको रिपोर्ट पोजिटिभ आएपछि पुनः बन्द गर्नुपरेको जनस्वास्थ्य प्रशासक विजय झाले जानकारी दिए ।  

प्रादेशिक अस्पताल जनकपुरमा अहिलेसम्म जाँच गरेका सयभन्दा बढी स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको थियो । गत बुधवार पुनः फरक नतिजा आएपछि ती सबै स्वाबको नमुना शंकाको घेरामा परेकोले परीक्षण बन्द गर्नुपरेको प्रयोगशाला प्रमुख रामविनय साहले जनाए । उनले भने, ‘जनकपुर र काठमाडौंमा फरक नतिजा आउनुमा पिसिआर मेसिन प्रमुख कारक हो, कम गुणस्तरको मेसिन जडान हुँदा भरपर्दो नतिजा आउन सकेन, अब हामीले परीक्षण गरेको सबै नतिजामाथि दोश्रो पटक प्रश्न चिन्ह खडा भएको छ, नयाँ मेसिन नआउन्जेलसम्म परीक्षण बन्द हुन्छ ।’

निमित्त निर्देशक रामविनय साहले पत्रकारहरुको स्वाब दुई पटक परीक्षण गर्दा दुवैपटकको नेगेटिभ तर काठमाडौंको पोजिटिभ आएपछि बन्द गर्न बाध्य भएको सुनाए । उनले भने, ‘जनकपुरमा नेगेटिभ काठमाडौंमा पोजिटिभ भयो, दुवै ठाउँको रिपोर्टमा फकरपना आएपछि मेसिन भरपर्दो नभएको निष्कर्षसहित परीक्षण गर्नुको कुनै अर्थ नभएकोले बन्द गर्नुपरेको हो ।’

पहिलो पटक प्राविधिकहरुले जडान गरे पनि पछिल्लो पटक पीसीआर मेसिन जडान गर्न प्रयोशालाका निर्देशक डा. रुना झा स्वयं जनकपुर पुगेकी थिइन् । निर्देशक स्वयं आफैं आएर मेसिन जडान गर्न लगाएपछि पछिल्लोभन्दा अहिलेको मेसिन भरपर्दो हुने विश्वास लिइएको थियो । तर पछिल्लो पटकसमेत पहिलेको जस्तै अवस्था आयो ।

प्रादेशिक अस्पताल जनकपुरका सेवानिवृत्त वरिष्ठ ल्याब टेक्निसियन अरुणकुमार मल्लिकले नमुना संकलन, परीक्षण प्रक्रिया, मेसिनको गुणस्तर र प्राविधिकको कार्य क्षमताले समेत नतिजा फरक पर्ने सक्ने बताए । उनले भने, ‘यहाँ ठीक र बेठिक भन्नु उचित हैन, नमुना संकलनदेखि परीक्षण र उपकरणको क्षमताको कुरासमेत आउँछ, त्यसैले कुनै पनि निचोडमा पुग्नुभन्दा पहिले समस्याको यकिन आवश्यक छ ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.