भारतमा एकै दिनमा २०४ मजदुर विदेश रेल सञ्चालन

भारतमा एकै दिनमा २०४ मजदुर विदेश रेल सञ्चालन

भारत : रेल सेवाले एकै दिनमा २०४ ओटा मजदुर विषेश रेल सञ्चालन गरिएको जनाएको छ। रेल मार्ग मन्त्री प्युष गोयलले मंंगलबार यती धेरै मजदुर विषेश रेल सञ्जालन गरिएको बुधबार जानकारी दिएका हुन्।

उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत् प्रति दिन झण्डै दुई सय श्रमिक रेल सञ्चालन गराउने आफ्नो प्रतिवद्धताअनुसार उनीहरुलाई सञ्चालनमा ल्याइएको स्पष्ट पारे।लकडाउनका कारण विभिन्न प्रदेशका अलपत्र परेका मजदुरहरुलाई जान चाहेको ठाउँमा लैजाने गरी यस्ता विषेश रेल सेवा सञ्चालन गरिएको उनको भनाई छ। 

'हामीले अघिल्लो दिन झण्डै दुई सय रेल सञ्चालन गर्न सक्दछौँ भन्ने प्रतिबद्धता गरेका थियौँ, त्यही अनुसार मंगलबार दुई सयभन्दा बढी रेल सञ्चालन गरिएको छ' उनले लेखेका छन्। विषेश रेल सेवा सञ्चालन भएदेखि अहिलेसम्म एक हजार ७७३ ओटा विषेश रेल सेवा सञ्चालन भइसकेको उनले जानकारी दिए। 

उनले आगामी दिनमा मंगलबारभन्दा धेरै रेल सेवाहरु सञ्चालन गर्ने योजना रहेको पनि बताउनु भयो।त्यसका लागि चाडै नै अनलाईनबाट टिकट बुकिङ गर्ने व्यवस्था हुने पनि उनले उल्लेख गरे।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.