महसुल उठाउन खुले प्राधिकरणका काउन्टर

महसुल उठाउन खुले प्राधिकरणका काउन्टर

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत् महसुल संकलनका लागि नयाँ आचारसंहिता जारी गरेपछि अधिराज्यभरका महसुल केन्द्र खुलेका छन्। कोरोना प्रभावित वा अन्य क्षेत्रमा बढी सतर्कता अपनाएर भए पनि महसुल संकलन सुरु गरिएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। प्राधिकरण सञ्चालनका लागि रकम उठाउनु अतिआवश्यक भएकाले पनि नयाँ आचारसंहिता बनाएर महसुल उठाउन थालिएको घिसिङले बताए। घिसिङले भने, ‘लकडाउनमा पनि ५० प्रतिशतभन्दा बढी कर्मचारी फिल्डमा छन्। उनीहरुलाई तलब भत्ता खुवाउनु पर्‍यो, भारत तथा निजी प्रवद्र्घकहरूलाई विद्युत् खरिद वापतको रकम दिनुपर्‍यो। यसका लागि सरकारले पैसा दिने होइन। सुरक्षाका उपाय अपनाएर महसुल केन्द्र खोल्नुको विकल्प छैन।’

गत वैशाख २१ गतेबाट नयाँ आचारसंहिता जारी भएको र वैशाख २४ गतेबाट नै महसुल केन्द्रहरू खुल्न थालेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। सातै प्रदेशका विद्युत् वितरण तथा महसुल काउन्टर खुलेको र बिल भुक्तानीका लागि उल्लेख्य रूपमा उपभोक्ताकोे सहभागिता रहेको अधिकारीले अन्नपूर्ण पोस्ट्लाई बताए।

नियमित अवस्थामा उड्ने रकमको करिब ५० प्रतिशत रकम हरेक दिन उठिरहेको प्राधिकरणले जानकारी दिएको छ। कुनै वितरण केन्द्रमा दैनिक १ करोड रुपैयाँसम्म विद्युत् महसुल उठ्ने गरेको कार्यकारी निर्देशकले जानकारी दिए। प्राधिकरणले अहिले ठूला ग्राहकलाई चेकको माध्यमबाट नै महसुल तिर्न भनेको छ। कोरोनाका कारण प्राधिकरणले विद्युतीय भुक्तानी प्रणालीमार्फत महसुल तिर्न आग्रह गरे पनि प्रविधिको पहुँच र प्रविधिमा जानकार नहुँदा करिब १० प्रतिशत मात्र रकम उठ्न सकेको बताइएको छ।

संक्रमित बढेका जिल्लामा स्थानीय रूपमा नै क्षेत्र प्रमुख वा शाखा प्रमुख अधिकारीहरूलाई त्यहाँको महसुल काउन्टर कसरी सञ्चालन गर्ने भन्ने अधिकार दिइएको प्राधिकरणले जनाएको छ।

चैत ११ यता जारी लकडाउनका कारण विद्युत्को माग पनि २० प्रतिशत घटेको र खपत भएको विद्युत्को महसुल पनि उठ्न नसक्दा प्राधिकरणको राजस्व संकलनमा असर परिरहेको छ। राजस्व संकलन प्रभावित हुँदा निजी प्रवद्र्घकलाई विद्युत् खरिद वापत मासिक करिब ३ अर्ब रुपैयाँ एवं भारतलाई पनि विद्युत् खरिद वापतको रकम भुक्तानी गर्न समस्या परेको प्रवक्ता अधिकारीले बताए।

लकडाउन खुकुलो बन्दै गएकाले प्राधिकरणले स्वस्थ्य सुरक्षालाई मूख्य रूपमा ध्यानमा राखेर आचारसंहिता बनाएको छ। आचारसंहितामा मिटर रिडर तथा महसुल संकलन काउन्टरमा बस्ने कर्मचारीले मास्क र पञ्जा अनिवार्यरूपले लगाउने र आधा घण्टाको अन्तरालमा स्यानीटाइजर प्रयोग गर्नुपर्ने व्यवस्था गरेको छ। मिटर रिडिङ गर्दा अन्य व्यक्तिको सम्पर्कमा नआउने र आउनै परेको अवस्थामा न्यूनतम एक मिटरको दूरी कायम गर्नुपर्ने र आफ्नो शरीरको तापक्रम नियमित मापन गर्नुपर्ने व्यवस्था गरेको छ।

ज्वरो, खोकी लागेका मिटर रिडरले मिटर रिडिङ नगर्ने र तत्काल नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्ने, राज्यले कोरोना संक्रमित टोल वा क्षेत्र भनी ताकेको ठाउँमा मिटर रिडिङ नगर्ने, त्यस्तो क्षेत्रको ग्राहकको औसत पतको आधारमा रिडिङ अंक समावेश गरी बिल पठाउने व्यवस्था गर्न प्राधिकरणले भनेको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.