भारतमा २४ घण्टामा ५ हजार ६०९ कोरोना संक्रमित थपिए

भारतमा २४ घण्टामा ५ हजार ६०९ कोरोना संक्रमित थपिए

भारत : गत २४ घण्टामा भारतमा ५ हजार ६०९ जना कोरोना भाइरस संक्रमित थपिएका छन्।  यसैसँगै भारतमा बिहीबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख १२ हजार ३५९पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।  

बिहीबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड १९ बाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार ४३५ जना पुगेको छ। यसको संक्रमितको संख्या १ लाख १२ हजार ३५९ पुगेको छ।  यस संक्रमणबाट निको भएका बिरामीको संख्या ४५ हजार ३०० जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ।  हाल भारतमा ६३ हजार ६२४ जना कोरोना संक्रमित उपचाररत रहेका समाचारमा जनाइएको छ।  

कोभिड–१९ बाट सबैभन्दा बढी भारतको महाराष्ट्र राज्यका नागरिक संक्रमित भएका छन्। यहाँमात्र ३९ हजार २९७ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन्। महाराष्ट्रपछि तमिलनाडूमा दोस्रो स्थानमा रहेको छ। त्यहाँ १३ हजार ७९१ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन्। गुजरातमा १२ हजार ५३७ संक्रमति रहेका छन्। दिल्लीमा ११ हजार ८८ जना कोरोना संक्रमित रहेका छन्। 

भारतमा करिब दुई महिना यतादेखि कोरोना भाइरस संक्रमण फैलिने डरले लकडाउन जारी रहेको छ।  कोरोना भाइरसको संक्रमण क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी रुपमा गरेको लकडाउनलाई मे ३१ सम्म जारी रहने घोषणा गरेको छ।  कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण आगामी मे ३१ सम्म जारी रहने भारत सरकारले जानकारी दिएको हो। 

भारतीय गृह मन्त्रालयले गत २४ मार्चदेखि लागू गरिएको लकलडाउन थप १४ दिनको लागि बढाउने निर्णय गरेको छ।  भारतमा पहिलो चरणको लकडाउन  गत २४ मार्चमा लगाइएको थियो। दोस्रो चरण लकडाउन १५ अप्रिलमा शुरु भएको थियो।  तेस्रो चरणको लकडाउन मे ४ बाट शुरु थियो। 

 भारतले सरकारले गत मे ४ देखि लागू हुने गरी मे १७ सम्म थप दुइ साताको गरिएको तेस्रो चरणको लकडाउन  समाप्त भएपछि चौथो चरणको लकडाउन शुरु भएको छ। प्रधान मन्त्री नरेन्द्र मोदी थप योजनासहित चौथो चरणको लकडाउन शुरु भएको बताउनु भएको छ। चौथो चरणको लकडाउन आगामी मे ३१ सम्म लागू हुने बताइएको छ। 

विगत केही दिनयता भारतभरि नै कोरोना भाइरसको संक्रमित को संख्यामा बृद्धि देखिएपछि चौथो चरणको लकडाउन गर्ने निर्णय गरिएको हो। भारतमा विगत केही दिनयता संक्रमणको बृद्धिदर उच्च देखिएको छ। यद्यपी अघिल्ला चरणका लकडाउनको तुलनामा चौथो चरण हालको लकडाउन केही  खुकुलो गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.