बारामा भारतबाट फर्केका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण

बारामा भारतबाट फर्केका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण

बारा : भारतको आदापुरबाट नेपाल आएका बाराका एक पुरुषमा कोरोना संक्रमण देखिएको छ । आदापुरस्थित क्वारेन्टाइनमा बसेर नेपाल आएका पचरौता नगरपालिका १ पिपरपातीका ३० वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको हो ।

रोजगारीका लागि भारत पुगेका उनको आदापुरस्थित क्वारेन्टाइनमा रहेका बेला स्वाब परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट नआउँदै उनी जेठ ५ गते आदापुरबाट नेपाल आएका थिए । 

पिपरपातीस्थित नाकाबाट नेपाल प्रवेश गर्न खोजेका उनलाई प्रहरीले नियन्त्रणमा लिएर स्थानीय क्वारेन्टाइनमा राखेको थियो । पचरौता नगरपालिका पिपरपातीस्थित क्वारेन्टाइनमा रहेका पुरुषमा कोरोना संक्रमण देखिएको जानकारी आदापुरबाट आएपछि उनलाई कलैयास्थित अस्पतालको आइसोलेसनमा ल्याउने तयारी गरिएको छ ।

बाराका प्रहरी प्रवक्ता गौतम मिश्रले आदापुरबाट स्थानीय स्वास्थ्यकर्मीलाई जानकारी आएपछि उनलाई कलैया ल्याउने तयारी गरिएको बताए । पुरुषलाई कोरोना संक्रमण देखिएको भन्दै खबर आएपछि उनलाई कलैया ल्याउन लागिएको छ, मिश्रले भने, 'कलैया ल्याएर आइसोलेसनमा राखेर पुनः पीसीआर परीक्षण गर्छौं।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.