कुहिएको चामल आपूर्ति गर्ने कालो सूचीमा

कुहिएको चामल आपूर्ति गर्ने कालो सूचीमा

धनगढी : धनगढी उपमहानगरपालिकामा कुहिएको चामल आपूर्तिकर्ता फर्मलाई कालो सूचीमा सिफारिस गर्ने निर्णय गरेको छ। चामल आपूर्ति गर्ने ठाकुर ट्रेडलिंकलाई कालोसूचीमा निर्णय गरेको हो। उपमहानगरभित्र कोरोना भाइरस नियन्त्रण तथा व्यवस्थापनका लागि जारी लकडाउनमा राहत वितरण भइरहेका बेला कुहिएको चामल वितरणको गुनासो आएको थियो।

कुहिएको चामल राहत दिएको गुनासो आएपछि उपमहानगरले ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उप–महानगरपालिकाले गठन गरेको समितिले आपूर्तिकर्ता ठाकुर ट्रेड लिंकलाई कारबाहीको सिफारिस गरेको पत्रकार सम्मेलन गरी जानकारी दिएको हो। उप–महानगरपालिकाबाट दोस्रो चरणको राहत आपूर्ति गर्ने ठेक्का धनगढीमा रहेको ठाकुर ट्रेड लिंकले लिएको थियो। उप–मकानगरका प्रवक्ता सन्तोष मुडभरीका अनुसार वडा नम्बर ५, ४ ,२ , र १ का लागि उपलब्ध गराएको चामलमध्ये २ सय क्वीन्टल गुणस्तरहीन रहेको भेटिएको बताए।

सार्वजनिक खरिद ऐन २०६३ को दफा ६३ को उपदफा १ को देहाय (ग) बमोजिम कालो सूचीअनुसार आपूर्तिकर्तालाई सुनुवाइको मौका प्रदान गरी कानुन बमोजिम कारबाहीको प्रक्रिया अघि बढाउने निर्णय भएको मुडभरीले जानकारी दिए। खरिद प्रक्रियामा कार्य गर्ने दायित्व भएका व्यक्तिले पनि लापबाही गरेको देखिएमा छानबिन समितिले प्रतिवेदनमा औंल्याएकाले त्यसका आधारमा संलग्न कर्मचारीहरूलाई स्पष्टिकरण सोधी कारबाहीको प्रक्रिया अगाडि बढाइने प्रवक्ता मुडभरीले बताए।

चामल आपूर्तिकर्तालाई तत्काल २ लाख रुपैयाँ जरीवाना गरे पनि मिलोमतो भएको भन्दै अख्तियार दुरपयोग आयोग अनुसन्धाको कार्यालयले कागजातसमेत नियन्त्रणमा लिएको छ। खरिद प्रक्रियामा दायित्व भएका कार्यालयका कर्मचारीहरूलाई पनि गलत भए नभएको बिषयमा स्पष्टिकरण सोध्ने निर्णय भएको धनगढी उप–महानगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीले बताए। उपमहानगरमा कुहिएको चामल वितरण गरेको गुनासो आएपछि राहत वितरण रोकिएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.