धनकुटामा सिल हट्यो, अस्पताल सञ्चालनको तयारी

धनकुटामा सिल हट्यो, अस्पताल सञ्चालनको तयारी

धनकुटा : अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई कोरोना संक्रमित पुष्टि भएपछि स्थानीय प्रशासनले धनकुटा बजार क्षेत्रमा लगाइएको सिल हटाएको छ। जिल्लास्तरको कोभिड-१९ कमाण्ड फोर्सको शुक्रबार बसेको बैठकले चार किल्ला कायम गरि बजार क्षेत्रमा लागेको सिल हटाउने निर्णय गरिएको सदस्यसचिव तथा सूचना अधिकारी जयाराम श्रेष्ठले बताए। संक्रमित व्यक्तिलाई विराटनगरस्थित अस्पताल पठाइएको र नेगेटिभ आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको कारण बजार क्षेत्रको सिल हटाउने निर्णय भएको उनले बताए।

सदरमुकामको मुख्य क्षेत्र, दैनिक उपभोग्य सामाग्रीका पसल रहेको, औषधी पसलहरु अस्पताल आसपास पाइने हुँदा तथा स्थानीयबाट जनगुनासो वढेपछि अस्पतालको सिल कायम राखि बजार क्षेत्रको सिल हटाइएको उनको भनाई छ। उनका अनुसार बजार क्षेत्रको सिल हटाइए पनि अस्पताल गरिएको सिल भने कायम नै रहेको छ। प्रदेशबाट आउने चिकित्सकको विशेष टोलीले शनिबार सेनेटराइज गरेर आइतबारदेखि सञ्चालनमा ल्याउने समेत निर्णय गरिएको छ।

स्थानीय प्रशासनले धनकुटा-७ को त्रिवेणी गेटबाट, बसपार्क, जिरो प्वाइन्ट, परिचय मोड, यलम्बर चोक, सिनेमा हल हुँदै त्रिवेणी चोकसम्मको क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले सिल गरेको थियो। सिल हटाइए पनि स्थानीय प्रशासनले लागू गरेको टाइम कार्ड अनुसार बजार क्षेत्रका पसल खुल्नेछन्।

धनकुटामा आधारभूत आवश्यकताका पसल बिहान ६ बजेदेखि ९ बजेसम्म खोल्न दिने तथा निर्माण सामग्री ढुवानीमा टायम कार्ड लागू गरिएको छ। धनकुटा जिल्लाभित्रबाट ढुवानी गरिने ढुंगा, गिटी, बालुवाका सवारीलाई बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म र जिल्ला बाहिरबाट ढुवानी गरिने सिमेन्ट, रड बोक्ने सवारीलाई बेलुका ६ बजेदेखि बिहान ६ बजेसम्म सञ्चालन हुनेछ। धनकुटा अस्पतालभित्र क्वाटरमा बसेकालाई यथास्थानमा क्वारेन्टाइन खडा गरि राखिएको छ। सुरक्षाकर्मीलाई भने धनकुटा-६ आत्मारा स्थित औद्योगिक ग्राममा रहेको क्वारेन्टाइनमा राखिएको छ।

८४ जनाको स्वाव परिक्षण गरि विराटनगर पठाइयो 
थप ८४ जनाको पीसीआर टेस्ट गर्न स्वाब संकलन गरि विराटनगर पठाइएको छ। स्वास्थ्यकमी र सुरक्षाकर्मी गरी ७ जनामा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य कार्यालयका कर्मचारी, अस्पतालका बाँकी स्वास्थ्यकर्मी, विरामीका कुरुवा, संक्रमित परिवारका सदस्य र सुरक्षाकर्मीको स्वाब संकलन गरिएको थियो। शुक्रबार विहान १० बजे विरानगरस्थित कोरोना प्रयोगशालामा पठाइएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए। शनिबारसम्ममा रिपोर्ट आइसक्ने उनले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.