सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

सुदूरपश्चिम प्रदेशमा बजेट अधिवेशनको तयारी

धनगढी : सुदूरपश्चिम प्रदेश सभाको बजेट अधिवेशन (छैठौं अधिवेशन) मंगलबारबाट सुरु हुने भएको छ।  कोरोना भाइरस (कोभिड–१९) का कारण अनिश्चित परेको छैठौ अधिवेशन यहि जेठ १३ गते दिउँसो २ बजेदेखि सुरु हुने भएको हो। 

बैठक सञ्चालनका लागि स्वास्थ्य सुरक्षा मापदण्ड अपनाइने प्रदेश सभा सचिवालयले जनाएको छ। प्रदेशको बजेट ल्याउन पूर्वबजेट, बजेटका सिद्धान्त, प्राथमिकता, नीति तथा कार्यक्रमलगायत एजेण्डा छलफल हुनेछ।

बैंठक संचालन गर्नुअघि प्रदेशसभा सदस्यहरूको स्वास्थ्य परीक्षण, सवारीसाधनमा डिसइन्फेक्टेन्ट छर्किने, प्रदेशसभा हलबाहिर सेनिटाइजरको व्यवस्थापन गर्ने, बैठकमा सहभागी हुने प्रदेश सभा सदस्यका लागि मास्कको व्यवस्था गर्ने लगायतको काम अघि बढाइने प्रदेश सभा सचिवालयले जनाएको छ। 

सचिवालयका कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी लगायतको स्वाब संकलन भएको छ।  कर्मचारी, सुरक्षाकर्मी, सञ्चारकर्मी, पत्रकार लगायतको स्वाब संकलन गरिएको सचिवालयका सचिव रामसिंह धामीले जानकारी दिए।  ‘प्रदेश सभा संचालनका लागि बैठक कक्षमा भौतिक दुरी कायम गरिएको छ’ उनले भने, ‘बैठक कक्षमा ६ फिटका ५ वटा टेवल थप गरिएको छ। ’

सचिवालयका सचिव धामीले बैठक संचालनका लागि मास्क, स्यानेटाइजर, ग्लोभ्स लगायतको व्यवस्था गरिएको जानकारी दिए।  यसअघि सुदूरपश्चिम प्रदेश सभाको पाँचौं अधिबेशनको बैठक फागुन ७ गते सम्पन्न भएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.