जनकपुरमा आइसोलेसनबाटै कोरोना संक्रमित फरार
जनकपुरधाम : जनकपुरधामस्थित प्रादेशिक कोरोना (कोभिड-१९) विशेष अस्पतालबाट एक कोरो संक्रमित फरार भएका छन् । सर्लाही धनकौलका ४५ वर्षीय कोरोना संक्रमित शनिबार राति नै फरार भएका हुन्। मानसिक सन्तुल ठिक नभएका कोरोना संक्रमित यसअघि पनि पटक-पटक भाग्ने प्रयास गरेका थिए ।
भागेका संक्रमितको खोजी कार्य भइरहेको धनुषाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए । अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जामुन सिंहले उनी कतै लुकेको हुन सक्ने बताए ।उनले भने, 'उनी मानसिक रोगी थिए, भाग्ने सक्ने स्थिति छैन, कतै लुकेको हुनसक्छ ।हामी खोजी गरिरहेका छौं ।'
यसअघि पनि ती संक्रमित भाग्न खोजेकोले छुट्टै कक्षमा राखिएको थियो । संक्रमित भागेको घटना सार्वजनिक पछि प्रहरीले व्यापक खोजतलास जारी राखेपनि हालसम्म फेला पार्न नसकिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।
प्रादेशिक अस्पतालको अधनस्त जनकपुर नर्सिङ कलेजको होस्टेलमा ४२ बेडको कोरोना विशेष अस्पताल निर्माण गरिएको छ । सो अस्पतालमा धनुषा, महोत्तरी र सर्लाहीका कोरोना संक्रमितको उपचार भइरहेको छ । संक्रमित व्यक्ति आइसोलेसनको कोठाको झ्याल फोडेको प्रहरीको भनाइ छ ।