बारामा अर्का एक प्रहरीमा कोरोना संक्रमण

बारामा अर्का एक प्रहरीमा कोरोना संक्रमण

बारा : जिल्ला प्रहरी कार्कालय बारामा कार्यरत अर्का एक प्रहरीमा कोरोना संक्रमण देखिएको छ। सर्लाही घर भइ बारामा कार्यरत ४९ वर्षीय प्रहरी नायब निरीक्षकमा कोरोना संक्रमण पुष्टि भएको हो। 

यसअघि बारा जेठ ७ गते प्रहरी जवानमा कोरोना संक्रमण देखिएको थियो। रौतहट घर भएका प्रहरी जवानमा कोरोमा देखिएपछि कार्यलयमा कार्यरत २५ प्रहरीसहित ४९ जनाको स्वाब परीक्षणका लागि राष्ट्रिय प्रयोगशाला काठमाडौंमा पठाइएको थियो। 

स्वाब पठाइएकमध्ये प्रहरी नायब निरीक्षकमा कोरोना पुष्टि भएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले बताए। संक्रमित प्रहरी नायब निरीक्षकलाई कलैया अस्पतालको आइसोलेसनमा राखिएको प्रजिअ पण्डितले जानकारी दिए। 

यो सँगै बारामा कोरोना संक्रमण देखिनेको संख्या १३ पुगेको छ। यसअघि सिम्रौनगढ नगरपालिकामा ७, करैयामाई गाउपालिकामा २, जीतपुरसिमरा उपमहानगरपालिकामा १, विश्रामपुर गाउपालिकामा १ र एक प्रहरी जवानमा कोरोना देखिएको थियो।

संक्रमितमध्ये जीतपुरसिमरा उपमहानगरपालिका एक र सिम्रौनगढका एक गरेर दुईजना उपचारपछि शनिबार घर फर्किएका छ्न्। संक्रमण देखिएकामध्ये कलैया अस्पतालमा ९ र वीरगन्ज अस्पतालमा एक जनालाई उपचारका लागि आइसोलेसनमा राखिएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.