रौतहटमा सीमाबाट सोझै क्वारेन्टाइन पुर्‍याइएका २६ जनामा संक्रमण

रौतहटमा सीमाबाट सोझै क्वारेन्टाइन पुर्‍याइएका २६ जनामा संक्रमण

रौतहट : रौतहटमा सोमबार एकैदिन २६ जना कोराना संक्रमित फेला परेका छन् । जिल्लामा संक्रमितको सख्या ४७ पुगेको छ । तीमध्ये तीन जना निको भएका छन् । राजपुर नपामा २४ जना र इशनाथ नपामा २ जना संक्रमित फेला परेका छन्  । उनीहरु सबैजना भारतको विभिन्न स्थानबाट आएका थिए । उनीहरुलाई सीमाबाट सोझै क्वारेन्टाइन लगिएको थियो ।

राजपुरका २४ जनालाई बैरीया स्थित मदरसामा राखिएको थियो भने इशनाथ नपाको विद्यालयमा राखिएको थियो । आइतबार साँझसम्ममा २३ सय ६१ रौतहटमा क्वारेन्टाइनमा बस्नेको सख्या  पुगेको छ । रौतहटमा पछिल्ला दिनमा भारतबाट घर आउनेको संख्या बढ्दो छ ।

सुरुमा फेला परेका तीनजना संक्रमित वीरजंगमा उपचारपछि घर फर्किएका छन् । उनीहरु इशनाथ, देवाहीगोनाही र बृन्दावन नपाका थिए । जिल्लाका ८ सय २१ जना क्वारेन्टाइनबाट घर फर्किएका छन् । तीनजना निको भएर घर फर्किएका छन् । संक्रमण भइ गौरमा रहेको आइसोलेसनमा १७ पुरुष र १ महिला बस्दै आएका छन् । रौतहटमा एकहजार सय ७४ जनाको स्वाब संकलन गरीएको छ ।  रौतहटका १८ वटै स्थानीय तहले कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागि गृहकार्य गरिरहेका छन् भने केही स्थानीय तहले निमार्णसमेत गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.