साप्ताहिक चार दिन काम

साप्ताहिक चार दिन काम

वासिङटन : अमेरिकाका धेरैजसो कम्पनीले हप्तामा चार दिन काम गर्न पाउने गरी तयारी गरेका छन्। कोविड–१९ को महामारीसँगै सर्वप्रथम न्यूजील्याण्डकी प्रधानमन्त्री जासिन्दा अर्डनले अघि सारेको विचार कार्यान्वयन गरेपछि कर्मचारीको उत्पादकत्वका साथै जीवनको गुणस्तरमा वृद्धि हुने अमेरिकालगायतका देशमा रहेका व्यवसायिक फर्म तथा कम्पनीले सोच बनाएको पाइन्छ।

गत हप्ता एक फेसबुक भिडियोमा न्यूजील्याण्डकी प्रधानमन्त्री अर्डनले घरेलु पर्यटनलाई प्रोत्साहित गर्न सिर्जनात्मक तरिका खोजिरहेको बताएकी थिइन्। यो बहसले अमेरिकालगायत विभिन्न मुलुकमा पनि स्थान लिएको द वासिङटन पोस्टले जनाएको छ।

उनले भनिन्, ‘मैले सुनेकी छु कि धेरै व्यक्तिले हामीले सातामा चार दिन काम गरी स्वास्थ्य संकटका कारण कमजोर बनेको विश्व अर्थतन्त्रलाई उकास्नुपर्छ भनेका छन्। यसका लागि रोजगारदाता र श्रमिकबीच सल्लाह गरी अघि बढ्नुपर्छ।’

उद्योगी तथा व्यवसायी तथा त्यसमा आश्रित व्यक्तिले साप्ताहिकरूपमा काम गर्ने समय चार दिन बनाउने सम्बन्धमा फरकफरक सुझाव दिएका तर अधिकांशको राय काम गर्ने समयलाई घटाउने र बेरोजगार बनेका धेरै व्यक्तिलाई कामको अवसर दिने अपेक्षा गरिएको छ।

अष्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, बेलायत, अमेरिका र स्कान्डिनेभियाली देशहरूमा नीति परिवर्तन किन गर्ने भन्ने विषयमा बहस चलेको छ।

‘यो सामाजिक लोकतान्त्रिक गतिविधिको पक्षपोषण गर्ने मुलुकमा मात्र होइन धेरै काम गर्नुलाई सामान्य मानिने देशले पनि बहस चलाएका छन्’, एलेक्स सजिङ–किम पाङले भने। उनी ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ का लेखक हुन्।

फिनल्याण्डका प्रधानमन्त्रीले यस उपायलाई सकारात्मक भन्दै देशमा प्रचारमा ल्याएका छन्। बेलायतको लेबर पार्टीले पनि न्यूजील्याण्डकी प्रधानमन्त्री अर्डनको विचारप्रति समर्थन जनाउँदै अभियानकै रूपमा बहस चलाएको छ। जापानमा माइक्रोसफ्ट कम्पनी, अमेरिकामा शेक श्याकले पनि ‘सर्टरः वर्क वेटर, स्मार्टर एण्ड लेस’ लाई सकारात्मक बताएका छन्।

गत वर्ष गरिएको बेलायती अध्ययनले भने नेतृत्व सम्हालेका ६४ प्रतिशत अर्थविद् तथा व्यवसायीहरूले कर्मचारीको उत्पादनमा वृद्धि गर्ने बताएका थिए भने ७७ प्रतिशत कर्मचारीले यसले गुणस्तरीय जीवनसँग जोडेका देखाएको छ। सोही अध्ययनले रोजगारीका प्रमुख सीमामा कर्मचारीतन्त्रबाट समस्या आउने देखाएको थियो।

महामारी पहिले बेलायतस्थित अनुसन्धाता करेन जाँसेँले सन् २०३० पहिले साप्ताहिक कार्यभार चार दिनमा झार्ने सम्भव नभएको बताएका थिए। सबै कामदारमा एकरूप हुनेगरी अघि बढाउन अहिलेको अवस्थामा यो व्यवस्था कठिन भएको धारणा राखेका थिए।

तर अध्ययनमा केहीले दैनिक कार्य समय घटाउने तर सातामा चार दिन मात्र काम गर्ने कुरा असम्भव बताएका थिए भने कतिपयले दैनिक कार्य समय आठ घण्टाबाट बढाउनुपर्ने सुझाव दिएका थिए।

महामारीले करोडौँ मानिस बेरोजगार बनेका समय वर्तमान श्रम समयलाई चार दिन बनाउँदा धेरैले रोजगारीको अवसर पाउने बहस पनि चलेको छ। औपचारिक जागिरमा संकटका कारण करार र समयमा असमानता बढेको चर्चा पनि बढेको अध्ययनले बताएको छ।

श्रम विवादलाई सातामा चार दिन काम गर्ने कार्ययोजनाले हल गर्ने जाँसेँले बताएका छन्। एएनआई


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.