एडीबीले नेपाललाई दियो ३० अर्ब सहुलियत ऋण

एडीबीले नेपाललाई दियो ३० अर्ब सहुलियत ऋण

काठमाडौं : एसियाली विकास बैंकले नेपाललाई २५ करोड अमेरिकी डलर अर्थात् ३० अर्ब नेपाली रुपैयाँ सहुलियत ऋण दिएको छ। यो सहयोग नेपालले कोभिड-१९को महामारीले सिर्जित असरमा प्रतिकार्यका लागि खासगरी स्वास्थ्य प्रणाली सशक्तीकरण र आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएका प्रतिकुलताहरुलाई सम्बोधन गर्न प्रयोग गर्नेछ। यी असरको सम्बोधन गर्दा विपन्नलाई विशेष ध्यान दिइनेछ।

‘एडीबी यस्तो कठिन परिस्थितिमा नेपाललाई सहयोग गर्न प्रतिवद्ध छ। यो सहुलियत ऋणले सरकारलाई प्रतिरक्षाका उपायहरु कार्यान्वयनलाई निरन्तरता दिन सहयोग गर्नेछ,’ एडीबीका अध्यक्ष मासात्सुगु असाकावालाई उद्धृत गर्दै एडीबीले भनेको छ, ‘कोभिड–१९ महामारी जनस्वास्थ्यमा सबैभन्दा विकराल समस्या बनेको छ भने नेपालको समग्र सामाजिक र आर्थिक विकासलाई उल्लेख्य प्रभाव पार्नेछ।’ 

एडीबीका अध्यक्ष मासात्सुगु असाकावाले एडीबीको सहयोगबाट सरकारले विपन्न र जोखिममा रहेको समुदायलाई सामाजिक सुरक्षा प्रदान गर्ने र आर्थिक पुनरुत्थानको चरणमा प्रवेश गर्ने उल्लेख गरेका छन्। त्यस्तै, उनले नेपाल सरकार र अन्य दातृ निकासँग निकट रहेर समन्वयात्मक ढंगले प्रभावकारी सम्बोधनका लागि काम गर्ने बताएका छन्।

कोभिड–१९ सक्रिय प्रतिकार्य तथा खर्च सहायता (केयर्स) कार्यक्रम कोभिड–१९ महामारी सम्बोधन विकल्प (कोभिड–१९ प्यान्डामिक रेस्पोन्स अप्सन) बाट सञ्चालित  प्रतिचक्रिय सहायता सुविधा हो। 

‘कोभिड–१९ प्यान्डामिक रेस्पोन्स अप्सन’ विकासशील सदस्य राष्ट्रहरुलाई कोरोना भाइरस महामारीको प्रतिकार्यका लागि एडीबीको २० अर्ब अमेरिकी डलर बराबरको विस्तारित सहायताको एक अङ्गका रुपमा गत महिना स्थापना गरिएको हो। केयर्स कार्यक्रमले सरकारलाई सम्भावित संक्रमितको परिक्षणका लागि सहयोग गर्छ, जसअन्तर्गत कम्तीमा पनि हरेक दिन ३,००० परीक्षण र सातै प्रदेशमा महिला र पुरुषलाई छुट्टाछुट्टै गरी दुई लाख व्यक्ति रहन सक्ने क्षमताको क्वारेन्टाइन विकास गरिनेछ। चिकित्सा क्षेत्र र अन्य अग्रपंक्तिमा रहेर कोभिड–१९ विरुद्ध प्रतिकार्य गर्नेहरुलाई प्रोत्साहनको समेत व्यवस्था गरिनेछ।

यसका अतिरिक्त, एडीबीको यस सहयोग अन्तर्गत सरकारद्वारा सामाजिक सुरक्षाका कार्यक्रम विस्तारित रुपमा सञ्चालन गर्न, विपन्न र जोखिममा रहेका घरपरिवारलाई खाद्यवस्तु वितरण गर्न, महिला र विदेशबाट फर्कने कामदारलाई प्राथमिकतामा राखेर बरोजगार तथा विपन्नलाई रोजगारी सिर्जना गर्न परिचालन हुनेछ। साथै, लघु, साना तथा मझौला उद्यम व्यवसायका लागि सहुलियत कर्जाको व्यवस्था गर्न प्रयोग गरिनेछ। लघु, घरेलु र साना उद्यम व्यवसायमध्ये ३० प्रतिशत महिलाले नेतृत्व गरेका छन् र त्यी मध्ये पनि आधा विपन्न समुदायबाट प्रतिनिधित्व गर्छन्।

एडीबीले यसअघि संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)सँगको सहकार्यमा नेपाललाई ३ लाख अमेरिकी डलर बराबरका स्वास्थ्य सामग्री उपलब्ध गराएको छ।  यो अनुदान अत्यावश्यक व्यक्तिगत सुरक्षा उपकरण (पीपीई) को तत्काल आपूर्तिका लागि उपलब्ध गराइएको थियो। 

एडीबीले नीतिगत सुझाव तथा महामारीका सामाजिक तथा आर्थिक प्रभाव मापनका आधारमा आवश्यक व्यवहार गर्न  सरकार र विकास साझेदारहरुसँग निकट रहेर काम गर्दै आइरहेको छ।   


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.