भारतबाट रौतहट आएका ३५ जनामा देखियो कोरोना संक्रमण

भारतबाट रौतहट आएका ३५ जनामा देखियो कोरोना संक्रमण

रौतहट : रौतहटमा बुधबार थप ३५ जनामा कोरोना संक्रमण फेला परेको छ । जिल्लाको विभिन्न स्थानका १०५ जनामा संक्रमण देखिएको छ । ती मध्ये तीनजना निको भएर घर फर्किएका छन्।

बुधबार पुष्टि भएका गौरका ८ र गढीमाईका ७ , देवाहीगोनाही २ , ईशनाथका १६, कटहरिया नगरपालिकाका २ जना गरी ३५ जनामा कोरोना संक्रमण देखिएको रहेको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।

उनीहरु सबै केही दिनअघि मात्रै भारतबाट आएको रौतहटका सिडिओ बासुदेव घिमिरेले जानकारी दिए।सीमाबाटै क्वारेन्टाइनमा पुर्‍याएकाले समुदायिकसँग उनीहरुको सम्पर्क नहेको बताइएको छ ।

पुष्टि भएका सबैको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ । पछिल्लो तीन दिनमा ८० जना भन्दाबढी संक्रमित रौतहटमा फेला परेपछि आइसोलेसन कक्षको अभाव देखिएको छ । संक्रमितलाई कहाँ राखेर उपचार गराउने भन्ने विषयमा छलफल भइरहेको छ ।

मंगलबार साँझसम्म ३१ सय ७४ जना रौतहटको विभिन्न क्वारेन्टाइनमा बस्नेको संख्या पुगेको छ । रौतहटमा पछिल्ला दिनमा भारतबाट आउनेको संख्या बढ्दो छ । सुरुमा फेला परेका तीनजना संक्रमित वीरगंजमा उपचार पछि घर फर्किएका छन्। उनीहरु इशनाथ, देवाहीगोनाही र बृन्दावन नपाका थिए ।

जिल्लाका ८ सय २१ जना क्वारेन्टाइनबाट घर फर्किएका छन । रौतहटमा ११ सय ७८ जनाको पीसीआर विधिबाट स्वाब संकलन गरिएको छ । करिब ५ सय जनाको रिर्पोट आउन बाँकी छ । 

रौतहटका १८ वटै स्थानीय तहले अनुकुल स्थानमा कम्तीमा ५ सय बेडको क्वारेन्टाइन बनाउनका लागि गृहकार्य भइरहेको छ भने केही स्थानीय तहले निमार्ण गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.