धनकुटा अस्पताल संचालन

धनकुटा अस्पताल संचालन

धनकुटा : दुई हप्ता अघि स्वास्थ्यकर्मीमा कोराना संक्रमण पुष्टि भएसँगै बन्द रहेको जिल्ला अस्पताल धनकुटा आइतबारदेखि पूर्ण रुपमा संचालनमा आएको छ। आइतबार बिहान बसेको जिल्ला स्तरको कोभिड-१९ कमाण्ड फोर्स र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्ला अस्पताल धनकुटालाई पूर्ण रुपमा संचालन गर्ने निर्णय गरेको थियो।   

अस्पताल पूर्ण रुपमा संचालन भएसँगै प्रयोगशाला, प्रसूति तथा शल्यक्रिया कक्ष, ओपीडी शाखा, एक्सरे कक्ष, इमरर्जेन्सी, प्रयोगशाला, सिएचएल (बालबालिकालाई खोप लगाउने स्थान), सहुलियत औषधि पसल लगायत सेवाहरु संचालनमा आएका छन्। 

गतजेठ ४ गते अस्पतालमा कार्यरत एक स्वास्थ्यकर्मी कोरोना संक्रमित भएपछि अस्पतालसहित आसपासको क्षेत्रलाई स्थानीय प्रशासनले सिल गरेको थियो।  जेठ ७ र ८ गते स्वास्थ्यकर्मी, स्वास्थ्यकर्मीका आफन्त र सुरक्षाकर्मी गरेर थप ६ जनामा कोरोना पुष्टि भएको थियो। 

स्थानीय प्रशासन र प्रदेशको सामाजिक विकास मन्त्रालयको निर्णय पछि ११ गते धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट आएको ७ जना स्वास्थ्यकर्मीको टोलीले अस्पताल परिसरमा त्रिपालको टेण्डमा ओपीडी सेवा संचालन भएको थियो। 

बजार क्षेत्र र अस्पतालमा सेनिटाइजर छर्किएपछि जेठ १२ गतेदेखि इमरर्जेन्सी  र प्रसूती कक्ष संचालनमा आएको थियो। 

संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको परिपत्र अनुसार अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीलाई दुई समूहमा विभाजन गरेर अस्पताल संचालनमा खटाइएको जिल्ला अस्पताल धनकुटाका सूचना अधिकारी राजन पोखरेलले बताए। 

 एक टोलीले एक हप्तासम्म अस्पतालमा खटिसकेपछि उनीहरुलाई होम क्वारेन्टाइनमा राखिने छ। भने लगत्तै अर्को टोली अस्पतालमा कार्यरत हुन्छन्। 
दुई समूह विभाजन गरिएको प्रत्येक समूहमा डाक्टर, नर्स, हेल्थ असिस्टेन, ल्याव टेक्निसियन गरेर १८ जना हुनेछन्। पालैपालो एक हप्ता अस्पतालमा होम क्वारेन्टाइनमा राखिने उनको भनाइ छ। 

संक्रमित भएबाहेक अन्य स्वास्थ्यकर्मीलाई १४ दिन क्वारेन्टाइनमा राखिएको थियो। उनीहरुको क्वारेन्टाइन अवधि हिजो शनिबार पूरा भएको हो।    
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.