काभ्रेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु (अपडेट)

काभ्रेमा भएको बस दुर्घटनामा ८ जनाको मृत्यु (अपडेट)
सुन्नुहोस्

काभ्रे : काभ्रेको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटस्थित बीपी राजमार्गमा शुक्रबार दिउँसो यात्रुवाहक बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। प्रहरीका अनुसार दिउँसो बनेपाबाट रोशी–खार्पाचोकतर्फ जाँदै गरेको बा ३ ख ८३९८ नम्बरको पूर्व अरनिको यात्रुवाहक बस अनियन्त्रित भई सडकबाट करिब ३०० मिटर तल खसेर दुर्घटनामा परेको हो।

दुर्घटनाको खबर प्राप्त हुनासाथ प्रहरी चौकी भकुण्डेबेशीबाट प्रहरी नायब निरीक्षक गणेश श्रेष्ठको नेतृत्वमा टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको थियो। त्यसपछि जिल्ला प्रहरी कार्यालय काभ्रे, अस्थायी प्रहरी पोस्ट काभ्रेभञ्ज्याङ तथा सशस्त्र प्रहरी बल नेपाल नम्बर १५ गण हेक्वा काभ्रेका सुरक्षाकर्मीहरू समेत खटिएका थिए।

उद्धार गरिएका १६ जना घाइतेलाई एम्बुलेन्स तथा प्रहरीको सवारी साधनमार्फत उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरीले जनाएको छ। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ।

घाइतेहरूमा रोशी गाउँपालिका, तेमाल गाउँपालिका, बनेपा नगरपालिका तथा बर्दिया जिल्लाका यात्रुहरू रहेका छन्। साथै एक वर्षीया बालिका, पाँच/छ वर्षका बालक तथा केही अपरिचित घाइतेहरूको समेत उपचार भइरहेको छ। दुर्घटनामा मृत्यु भएका ८ जनाको पहिचान खुल्ने क्रम जारी रहेको जिल्ला प्रहरी प्रमुख रविन कार्कीले जनाएको छ। दुर्घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको कार्कीले जानकारी दिए।

बीपी राजमार्गमा पटक–पटक सवारी दुर्घटना भइरहेका बेला यस घटनाले पुनः सडक सुरक्षा र सावधानीको विषयलाई गम्भीर रूपमा उठाएको छ। प्रहरीले घटनास्थलमा आवश्यक अनुसन्धान तथा थप उद्धार व्यवस्थापन कार्य जारी राखेको जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.