स्वरूप फेर्दै त्रिभुवन विमानस्थल

स्वरूप फेर्दै त्रिभुवन विमानस्थल

काठमाडौं : मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा भएको स्थान र पूर्वाधारको सदुपयोग गरी बिस्तार तथा सुधारको काम भएको छ। कोभिड १९ को संक्रमणका कारण सम्पूर्ण उडान रोकिएर चहलपहल शून्य भएको अवस्थामा विमानस्थल सुधारको कामलाई तिब्रता दिइएको महाप्रबन्धक देवेन्द्र केसीले जानकारी दिए।

कोरोनाका कारण करिब साढे २ महिनादेखि केही राहत र यात्रुको चार्टर्ड उडानबाहेक बाँकी उडान शून्य छ। यो समयको प्रयोग गरी विमानस्थलले अति आवश्यक भौतिक संरचना निर्माणको काम सम्पन्न गरेको महाप्रबन्धक केसीले जानकारी दिए। कोभिड १९ को प्रकोपपछि अपनाइनुपर्ने सुरक्षा प्रबन्धका लागि सामाजिक दुरी कायम गर्न भूइँमा १ मिटरको दूरीमा मोर्किङ गर्ने, स्यानिटाइजेसनको व्यवस्थापन लगायतका काम सकिएको विमानस्थलले जानकारी दिएको छ।

स्वास्थ्य मन्त्रालयको समन्वयमा नेपाल आउने र जाने तथा आन्तरिक तथा बाह्य उडानमा हेल्थ डेस्क राख्ने र स्वास्थ्य जाँचको प्रबन्ध मिलाइएको केसीले बताए। अन्तर्राष्ट्रिय आगमनपछि यात्रु भित्रबाट सिधै ट्याक्सी पार्किङमा पुग्ने गरी व्यवस्था मिलाइएको छ। यस्तै, अन्तर्राष्ट्रिय जहाज पार्किङका लागि थप २ वटा इन्टरनेशनल बे निर्माणको काम करिब ९९ प्रतिशत सक्किएको केसीले जानकारी दिए। साथै ४ वटा विमान पार्किङ गर्न मिल्ने गरी रिमोट पार्किङ बे निर्माण भइरहेको उनले बताए। अहिले ९ वटा अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्छन् भने यी बेको निर्माणपछि १५ अन्तर्राष्ट्रिय जहाजले पार्किङ गर्न सक्छन्। अहिले सुधार भएको विमानस्थल संरचनामा दैनिक १० वटा जहाजलाई व्यवस्थापन गर्न सकिने उनको भनाइ छ।

अर्कोतिर, नेपाल उड्डयन प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले पनि थप ३ सय मिटर धावन मार्ग निर्माणको काम सकेको छ। केसीका अनुसार थप धावन मार्गको पिच निर्माणको काम सक्किएको भए पनि लाइटिङका लागि आवश्यक उपकरण बाहिरबाट आउन नसक्दा त्यो जडान हुन सकेको छैन।

अहिले विमानस्थलमा रहेको पुरानै लाइटिङले काम चलाइएको छ। आयोजनाअन्तर्गत नै नयाँ बोर्डिङ गेट निर्माणको काम, २ अराइभल व्यागेज बेल्ट थप्ने काम, एयरलाइन्स काउन्टरहरुलाई प्रविधियुक्त बनाउने काम लगायतका काम सकिएका छन्।



प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.