राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई कोरोना तगारो बन्नसक्छ : सर्वेक्षण

राष्ट्रपतीय निर्वाचनमा ट्रम्पलाई कोरोना तगारो बन्नसक्छ : सर्वेक्षण

वासिङटन : अमेरिकामा नोभेम्बरमा हुने राष्ट्रपतीय निर्वाचनमा राष्ट्रपति डोनाल्ड ट्रम्प पुनः निर्वाचित हुने सम्भावना कोविड महामारी तगारो बन्नसक्ने एक सर्वेक्षणले देखाएको छ। अमेरिकी राष्ट्रपति ट्रम्पले कोविड महामारी व्यवस्थापन गर्ने क्रममा चुकेको अमेरिकी नागरिकले बताएको सर्वेक्षण रिपोर्टमा उल्लेख छ। कोविडलाई समयमै नियन्त्रण गर्न नसक्दा यसको प्रभाव अमेरिकी अर्थतन्त्र तथा नागरिकको दैनिकीमा देखिन थालेकाले ट्रम्पको ख्याति घटेको निष्कर्ष वासिङटन पोष्ट–एबीसी न्यूज सर्वेक्षण प्रतिवेदनको छ।

समग्रमा अमेरिकीहरूले ट्रम्प र जो वाइडेनप्रति मिश्रित प्रतिक्रिया दिएका छन्। डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवार चयन हुने विश्वास गरिएका वाइडेनको उम्मेदवारीलाई पनि समग्रमा पहिलेको तुलनामा कम समर्थन मिलेको छ।

अमेरिकामा व्यक्तिगत गुणहरूमा वाइडेनलाई राष्ट्रपति ट्रम्पको तुलनामा बढी सम्पन्न मानिन्छ। साथै राष्ट्रपति ट्रम्पका समर्थकहरू ट्रम्पको पक्षमा धेरै बढी उत्साही रहने गरेका छन् र ट्रम्पलाई नै मतदान गर्ने कडा प्रतिबद्धता व्यक्त गर्छन्। जब कि डेमोक्र्याटिक नेता वाइडेनको पक्षमा उनकै दलका समर्थकबीच पनि लोकप्रिय देखिन्नन्।

यसका लागि भर्खरै सम्पन्न निर्वाचनहरूमा वाइडेनले पार्टीभित्रका आफ्ना प्रतिस्पर्धी नेताहरूको आलोचना गर्दै निर्वाचनलाई आफ्नो पकडमा ल्याउने काम गरेकाले पनि डेमोक्र्याटिक नेता तथा कार्यकर्ता पार्टीभित्र लोकप्रिय बन्न नसकेको ठहर सर्वेक्षणले देखाएको छ।

गत मे २५ देखि २८ तारिखबीचमा फोनमार्फत आकस्मिक (र्‍यान्डम) आधारमा राष्ट्रियस्तरमा सूचीकृत १ हजार एक वयस्क अमेरिकी मतदातासँग गरिएको सर्वेक्षणमा वाइडेनले ट्रम्पमाथि ५३ प्रतिशतका विरुद्ध ४३ प्रतिशतले अग्रता लिएका बताइएको छ।

दश प्रतिशत अंक फरकले दुई महिनाअघि यिनै दुई प्रतिस्पधीबीचको सर्वेक्षण रिपोर्टमा निकै तलमाथि पारेको देखिन्छ। दुई महिनाअघिको सर्वेक्षणमा नेताबीचको प्रतिस्पर्धामा वाइडेनले ४९ प्रतिशत मत पाएका थिए भने ट्रम्पलाई ४७ प्रतिशत मत आएको थियो।

पछिल्लो सर्वेक्षणले सबै बालिगबीच वाइडेन १३ प्रतिशत अंकले अगाडि देखिएका छन् अर्थात् ट्रम्पलाई ४० प्रतिशत मत आउँदा वाइडेनलाई ५३ प्रतिशत मत मिलेको छ।

छोटो समयमा आएको ठूलो गिरावटलाई लामो समयसम्म पनि कोविड महामारी नियन्त्रणमा लिन नसक्दा अमेरिकी अर्थतन्त्रमा प्रभाव परेको छ। राष्ट्रका विभिन्न शहरमा हिंसात्मक गतिविधिले स्थान पाउँदा सर्वेक्षणमा यो अवस्था देखिएको अनुमान विश्लेषकहरूले गरेका छन्। तर यसलाई नोभेम्बरमा हुने निर्वाचनको राजनीतिक नतिजा वा यसको असरको बारेमा पूर्वानुमानित गर्न भने हतार हुनेछ। अझै धेरै समय छ जसमा सन् २०१६ मा जस्तै लोकप्रिय मतको सम्भावित असमानता प्रकट हुन सक्छन्। दुई प्रतिस्पर्धीबीच नतिजालाई आफ्नो पकडमा पार्ने प्रयास हुन सक्छन्।

दुई महिनाअघिको मूल्यांकनमा ट्रम्पलाई उच्च अनुमोदन मिलेको थियो तर पहिलो पटक उनलाई स्वीकार गर्ने वा अस्वीकार गर्नेबीच साँघुरो तर सकारात्मक नतिजा मिलेको छ। पछिल्लो सर्वेक्षणमा ट्रम्पको समर्थनमा ४८ प्रतिशत र विरोधमा ४६ प्रतिशत अंक मिलेको छ। यो पटक समर्थनमा ह्रास आउनु कोविड नियन्त्रणका लागि ट्रम्प सरकारले लिएको व्यवस्थापकीय भूमिका जिम्मेवार मानिएको छ।

दुई महिनाअघि सरकारले संक्रमण नियन्त्रण प्रयासका शुरुवाती काम गरिरहेको थियो र यसका कारण राष्ट्रपति सकारात्मक क्षेत्रमा रहेका थिए। त्यतिवेलाको सर्वेक्षणमा ट्रम्पको समर्थनमा ५१ प्रतिशत र विरोधमा ४५ प्रतिशत अंक मिलेको थियो। यतिखेर नतिजा उल्टिएको छ अर्थात् अनुमोदनको पक्षमा ४६ र विपक्षमा ५३ प्रतिशत अंक देखिएको सर्वेक्षण रिपोर्टले देखाएको छ।

विगतका राष्ट्रपतिहरूले राष्ट्रिय संकटकालमा अनुभव गरेजस्तै केही प्रजातान्त्रिक झुकाव समूह, केही अस्थिर मतदाता र महिलामाझ सुधारको स्थितिले मार्चमा ट्रम्पलाई उच्च समर्थन मिलेको थियोे।

त्यो समर्थन अब कम भएको छ। महामारीको व्यवस्थापन र समग्र मूल्यांकनमा कमी आएको छ। उदाहरणका लागि महिलाहरूबीच ट्रम्पले भाइरसको नियन्त्रण गर्नसक्ने पक्षमा र विपक्षमा समान ४८ प्रतिशत अंक रहेको थियो। अहिले उक्त विश्वासमा कमी देखिएको छ अर्थात् ३९ प्रतिशतको विश्वास सकारात्मक रहेको वा ट्रम्पले नै नियन्त्रण गर्नसक्ने पक्षमा रहेको छ भने ५९ प्रतिशत अंक नकारात्मक वा विपक्षमा रहेको छ।

त्यसैगरी अर्थतन्त्रमा ट्रम्पको पक्षमा मूल्यांकन सकारात्मक क्षेत्र अर्थात् ५२ प्रतिशत अमेरिकीले सकारात्मक छन् वा समर्थन दिएका छन् भने ४४ प्रतिशत विपक्षमा वा नकारात्मक देखिन्छन् तर मार्चपछिको १९ प्रतिशत गिरावटले ट्रम्पको ख्यातिमा कमी पुष्टि गर्छ। बेरोजगार विमाका लागि चार करोडभन्दा बढी नागरिकले निवेदन दिएका समयमा अप्रिलमा बेरोजगार दर १४.७ प्रतिशत थियो र केही साना व्यवसाय स्थायीरूपमा बन्द भएका छन्। यसबाट प्रस्ट हुन्छ कि अर्थतन्त्रको नतिजा सकारात्मक पक्कै छैन।

सर्वेक्षणमा ३४ प्रतिशत अमेरिकीले वर्तमान अर्थतन्त्रलाई सकारात्मक मूल्यांकन गरेका छन् भने ६५ प्रतिशतले नकारात्मक। त्यस्तै २४ प्रतिशत सहभागीले वर्तमान आर्थिक अवस्थालाई ‘कमजोर’ भन्दै वर्तमान प्रशासनविरुद्ध निकै कडा निर्णय दिएका छन्।

ट्रम्पको अभियानले वाइडेनमाथि विशाल आर्थिक लाभ पाएको छ र यसलाई थप स्पष्टरूपमा नयाँ परिवेश सिर्जना गदै अघि बढ्ने रिपब्लिकन पार्टीको दाउ रहेको छ। सन् २०१६ मा ट्रम्पलाई राष्ट्रवादी ‘अमेरिका पहिला’ भन्ने नारा ट्रम्पले आगामी निर्वाचनमा पनि प्रयोग गर्ने देखिन्छ।

डेमोक्र्याटहरू नोभेम्बरमा हुने निर्वाचनमा विजयका लागि सहयोग पुर्‍याउन उपनगरीय मतदाता र विशेष गरी महिलाहरूको कडा समर्थनमा भर परिरहेका छन्। हालैका उपनगरीय निर्वाचन वाइडेनको पक्षमा बढी अनुकूल देखिएका छन्। सन् २०१६ को निर्वाचनमा क्लिन्टनलाई आएको समर्थनभन्दा वाइडेनलाई उपनगरीय क्षेत्रबाट राम्रो समर्थन आउने देखिन्छ। उपनगरीय निर्वाचनमा वाइडेनलाई ५० प्रतिशत समर्थनप्राप्त रहेको देखिएका ती क्षेत्रमा क्लिन्टनलाई ३८ प्रतिशत मतदाताले मतदान गरेका थिए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.