रौतहटमा एकै दिन थपिए ७४ जना कोरोना संक्रमित

रौतहटमा एकै दिन थपिए ७४ जना कोरोना संक्रमित

रौतहट : रौतहटमा मंगलबार मात्रै ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । टेकु र धुलिखेलको प्रयोगशालमा गरिएको परीक्षणमा ७३ पुरुष र एक महिलामा संक्रमण देखिएको हो ।

भारतबाट रोजगारी गरेर घर फर्केकामा कोरोना भाइरसको संक्रमण देखिएको हो । राजपुर नगरपालिकामा २१, राजदेवी  १८, गौर १३, परोहा ४, गढिमाइ १ दुर्गागवती गाउँपालिका १४ र यमुनामाइ गाउँपालिकाका ३ जनामा कोरोना भाइरस संक्रमण देखा परेको हो ।

मंगलबारसम्म रौतहटमा मात्रै ३ सय ७ जनामा संक्रमण देखिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । संक्रमित सबै भारतबाट आएका व्यक्ति हुन्। उनीहरुलाई सीमानाकाबाट सोझै क्वारेन्टाइन लगेर राखिएको थियो।

संक्रमितको स्वास्थ्य अवस्था सामान्य रहेको र उनीहरु स्वास्थ्यकर्मीको निगरानीमा रहेको रौतहटका सिडिओ बासुदेव घिमिरेले जनाए।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.