तनहुँमा थप दुईजनामा कोरोना संक्रमण
दमौली : तनहुँमा थप दुईजनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवैजना ऋषिङ गाउँपालिकाका हुन् । यो सहित तहुँमा संक्रमितको संख्या ३ पुगेको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार ऋषिङका ३९ र ४० वर्षका दुई पुरुषको नमुना परीक्षणका क्रममा कोरोना भाइरस पोजिटिभ देखिएको हो।
स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीका अनुसार ती दुवै युवा ऋषिङ १ झापुटारस्थित क्वारेन्टाइनमा छन् । उनीहरुलाई बेलचौतारास्थित जीपी कोइराला श्वासप्रश्वास केन्द्रको आइसोलेसनमा लगिने उनले बताए । यसअघि पनि ऋषिङका एक युवकमा संक्रमण देखिएपछि उनलाई जिपिकै आइसोलेसनमा राखिएको छ । गण्डकी प्रदेशमा संक्रमितको संख्या ५६ पगेको छ।
प्रतिक्रिया दिनुहोस !